रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो

सारांश

  • रसियामा जारी विश्वकपमा अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेका छन् तर यी दुवै टिमका समर्थकबीच अझै बहस जारी छ– मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रो ?
  • यही विषयमा विवाद हुँदा विश्वकप आयोजक देश रुसमा एक जोडीको डिभोर्स नै भएको छ।
  • घटना २६ जुनको हो, जब अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराएको थियो।

रसियामा जारी विश्वकपमा अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेका छन् तर यी दुवै टिमका समर्थकबीच अझै बहस जारी छ– मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रो ?

यही विषयमा विवाद हुँदा विश्वकप आयोजक देश रुसमा एक जोडीको डिभोर्स नै भएको छ। घटना २६ जुनको हो, जब अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराएको थियो।

यो जितपछि आर्सेन नाम गरेका एक व्यक्ति जीतको खुशीमा उफ्रिरहेका थिए। मेसीको उत्कृष्ट प्रदर्शन भन्दै उनले नाराबाजी गरे। तर उनकी श्रीमती ल्युडमिलाले मेसीभन्दा रोनाल्डो राम्रो भएको बताइन्। आर्सेन रिसले आगो भए।

रिसको झोकमा आर्सेनले घर नै छोडिदिए। त्यतिले मात्र पुगेन। अर्को दिन बिहानै ल्युडमिलालाई डिभोर्सको कागज पठाए। यसरी मेसी र रोनाल्डो को राम्रो भन्ने विवादका कारण आर्सेन र ल्युडमिलाको १६ वर्ष लामो सम्बन्ध टुंगियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prakash Bhandari

    Karan tine haru hoina samandha kamzor thyo sayad ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?