राष्ट्रपति भण्डारीलाई कोरोना सङ्क्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २४, २०७९
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
  • असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पिसिआर परीक्षण गर्दा उहाँलाई कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।

उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यही अवस्था कायम रहेमा सम्भवतः भोलिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने जानकारी गराइन्छ ।”

राष्ट्रपति भण्डारीलाई एनेक्स वार्ड नं ६०१ मा भर्ना गरिएको छ । राष्ट्रपति भण्डारीको उपचारमा डा निरज वम नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?