ओलीलाई षड्यन्त्रकारीले दलालका रुपमा तयार गरेको प्रचण्डको आरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ११, २०७७
|
|
२५ पटक हेरिएको
Shares
ओलीलाई षड्यन्त्रकारीले दलालका रुपमा तयार गरेको प्रचण्डको आरोप

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई परिवर्तनबाट बेदखल भएकाहरुको दलाल भनेका छन् ।
  • परिवर्तनविरोधीहरुले ओलीलाई दलालका रुपमा तयार गरेको प्रचण्डको टिप्पणी थियो ।
  • ‘पार्टीको अर्को अध्यक्ष बनाइएको थियो तीन अध्यक्षलाई नेकपाभित्र दलालका रुपमा तयार गर्न सफल भए,’ नेपाल राष्ट्रिय उद्दोग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले ओलीबारे भने,‘दलालका रुपमा मोहराका रुपमा तयार गर्न शक्तिहरुले सफलता प्राप्त गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई परिवर्तनबाट बेदखल भएकाहरुको दलाल भनेका छन् । परिवर्तनविरोधीहरुले ओलीलाई दलालका रुपमा तयार गरेको प्रचण्डको टिप्पणी थियो ।

‘पार्टीको अर्को अध्यक्ष बनाइएको थियो तीन अध्यक्षलाई नेकपाभित्र दलालका रुपमा तयार गर्न सफल भए,’ नेपाल राष्ट्रिय उद्दोग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले ओलीबारे भने,‘दलालका रुपमा मोहराका रुपमा तयार गर्न शक्तिहरुले सफलता प्राप्त गरे ।’ परिवर्तनबाट धावा बोलिएाहरु न्ै पहिलो दिनदेखि षड्यन्त्रमा थिए भन्दै तिनले नै ओलीलाई मोहराका रुपमा तयार गर्ने सफलता प्राप्त गरेको बताए ।

ओलीले अरुको इशारामा संविधान क्षतविक्षत पार्ने लोकतन्त्र मास्ने गतिविधि गरेको आरोप लगाए । प्रतिनिधि सभा पुनःस्थापनाबाट एउटा ब्याटल जितेपनि ढुक्क हुने अवस्था नभएको बताए । नेकपाबारे २३ फागुनमा सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अस्वाभाविक भने ।

देश र भावी सन्ततीको भविष्य जोखिममा पारिएको प्रचण्डको भनाई थियो । उनले भने,‘ नेपालीको आत्मनिर्णय धरापमा छ । हामी आफैले निर्णय गर्न सक्नु र निर्णय लिनसक्नु आत्मगौरव धरापमा छ ।’ उनले नेपालीलाई निरिह बनाउन खोजिएको र निर्णय अधिकार खोस्न खोजिएको बताए । उनले भने,‘ बढी गर्यौ भने भनेर धम्की दिन थालेका हुन् कि । आदेशपालक बनाउन खोजेको हो कि ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?