सार्वजनिक गुठीका नाममा जग्गाको खोजी !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सार्वजनिक गुठीका नाममा जग्गाको खोजी !

सारांश

  • ललितपुर, २१ साउन ।
  • जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ ।
  • गुठीका सम्पत्ति कति छ, भन्ने समेत यकिन नभएपछि खोजी शुरु भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

ललितपुर, २१ साउन । जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ । गुठीका सम्पत्ति कति छ, भन्ने समेत यकिन नभएपछि खोजी शुरु भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए । गुठीका नाममा धेरै जग्गा भए पनि कतिपय जग्गा दर्ताको प्रक्रियामा छ भने कतिपय कहाँ छ भन्ने पत्तो छैन । गुठीका जग्गा पहिचान गरेर दर्ताको प्रक्रियामा लान शुरु भएको उनले बताए। पौडेलले भने, “सार्वजनिक गुठीका नाममा भएका जग्गा दर्ता गरेर मात्रै एकीकृत तथ्यांक थाहा हुन्छ ।” व्यक्तिले वषौंदेखि प्रयोग गरेर पनि गुठीले केही आम्दानी नपाएको जग्गाको खोजी पनि भइरहेको उनले बताए। महानगरपालिका क्षेत्रमा मात्रै तीन÷चार स्थानमा खाली जग्गा भेटिएको छ ।

सुन्धारादेखी मंगलबजारसम्म झण्डै ४० वटा कवलपसल छन् । उनी भन्छन् “स्थानीयवासीलाई असर नपर्ने स्थानमा खाली जग्गा र कवल चलनचल्तीको दरमा भाडामा लगाउन सकिन्छ ।,” स्थानीय निकायसँगको सहकार्यमा पुस्तौंदेखि भाडा नतिरि बसेका पसल–कवललाई चलन–चल्तीको भाडादरमा लगाउन प्रयास भइरहेको उनले बताए। जिल्लामा सबैभन्दा बढी रातो मछिन्द्रनाथको नाममा जग्गा छ । त्यसबाहेक अरु विभिन्न मन्दिर, देवल र सत्तलका नाममा समेत धेरै अचल सम्पत्ति छ । तीमध्ये कतिपय जग्गा बेवारिसे अवस्थामा त कतिपय वषौँदेखि व्यक्तिले प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुक्लामा समिट एयरको विमान दुर्घटना, दुइकाे मृत्यु
लुक्लामा समिट एयरको विमान दुर्घटना, दुइकाे मृत्यु
सन्दीप र विमललाई कमल थापाको बधाई
सन्दीप र विमललाई कमल थापाको बधाई
राप्रपा एकता गराउने पूर्वराजाको कदमप्रति राणा र थापा सशंकित !
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ
जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ
नेपालको स्याटेलाइटको सूचना थाहा पाउन भुटानको भर
नेपालको स्याटेलाइटको सूचना थाहा पाउन भुटानको भर
सीप सिके युवा विदेशिनु पर्दैन
सीप सिके युवा विदेशिनु पर्दैन
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर
किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर
आज पनि संसद बैठक, मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने
आज पनि संसद बैठक, मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

तपाईंले छुटाउनुभयो कि?