‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’: मन्त्री किराँती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’: मन्त्री किराँती

सारांश

  • काठमाडौँ ।
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
  • शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको आज शिलान्यास गर्र्दै उनले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको आज शिलान्यास गर्र्दै उनले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए । मन्त्री किराँतीले भने, “स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता हो । कुरा मात्र गर्ने र काम नगर्ने खालका परम्परा अन्त्य गर्नुपर्छ ।”

शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले पुराना कलासंस्कृति र धार्मिक क्षेत्रलाई बचाउनुपर्छ भने। कार्यक्रममा बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्वशान्ति झ्याङछुप छ्योर्तेन निर्माण सम्पन्न भएपश्चात् काठमाडौँमा नयाँ पर्यटकीय क्षेत्र थपिने बताए ।

विश्वशान्ति झ्याङछुप छ्योर्तेनका अध्यक्ष बासु तामाङले बागमती प्रदेशबाट रू २५ लाख बजेट विनियोजना भएको जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न गर्न करिब रू पाँच करोड लाग्ने अनुमान गरिएको छ । चैत्य निर्माण उपभोक्ता समितिद्वारा निर्माण गर्न लागेको सो झ्याङछुप छ्योर्तेन ७० फिट अग्लो हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार प्रमुखका लागि नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीवार
अख्तियार प्रमुखका लागि नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीवार
एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित
एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित
न्यायाधीश दीपकराज जोशी सोमवारसम्म बिदामा
न्यायाधीश दीपकराज जोशी सोमवारसम्म बिदामा
प्रदेश १ को राजधानी कहाँ ? यस्ता छन् उम्मेदवारको चुनावी मुद्दा
प्रदेश १ को राजधानी कहाँ ? यस्ता छन् उम्मेदवारको चुनावी मुद्दा
किन बढ्यो करिष्मा मानन्धरको टेन्सन
किन बढ्यो करिष्मा मानन्धरको टेन्सन
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
केपी ओली कपः बागमती सेमिफाइनलमा
केपी ओली कपः बागमती सेमिफाइनलमा
६ वर्ष बित्दा पनि आएन शव
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय

तपाईंले छुटाउनुभयो कि?