कांग्रेसको बैठकमा देउवालाई थामिनसक्नु प्रश्नको बौछार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ४ माघ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई थामिनसक्नु प्रश्नको बौछार भएको छ ।
  • कांग्रेसका नेताहरुले विशेषतः प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे प्रश्न गरेका छन् ।

काठमाडौं, ४ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई थामिनसक्नु प्रश्नको बौछार भएको छ । कांग्रेसका नेताहरुले विशेषतः प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे प्रश्न गरेका छन् ।

केन्द्रीय सदस्य दीपक गिरीले प्रदेशको अस्थायी मुकाम घोषणामा कमजोरी भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । बैठकमा बोल्दै गरेका गिरीलाई पार्टी सभापति शेरबहादुर देउवाले “यो विषय अर्कै हो बस्नुस्” भन्दै बसाल्न खोजे पनि उनले ५ नम्बर प्रदेशको अस्थायी मुकाम दाङ नभएकोमा असन्तुष्टि जनाएका थिए । जवाफमा पुनः देउवाले “यो अस्थायी भएको भन्दै चिन्ता नगर्नुस्”, भनेका थिए ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले निर्वाचनमा पराजय ब्यहोर्दा पनि समिक्षा बैठक बोलाउन समेत नसकेको भन्दै नेतृत्व असफल भएको टिप्पणी गरेका थिए । बैठकमा बोल्दै नेता चन्द्र भण्डारीले नेतृत्व गुटका आधारमा चलेको आरोप लगाए । उनले पार्टी विधिबाट हैन कोटरीबाट चलेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

केही केन्द्रीय सदस्यहरुले प्रदेश प्रमुख तोक्दा पार्टीमा किन सल्लाह नगरेको भन्दै प्रश्न उठाएका थिए । निर्वाचनमा झड्का ब्यहोरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन दवाब दिएको थियो । बैठकमा निर्वाचनको बारे समिक्षा भइरहेको छ । प्रधानमन्त्री देउवाले निर्वाचन समिक्षा अर्को बैठकमा गर्ने भन्दै राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीत गर्न भने पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे नेताहरुले सभापतिसँग प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?