उपत्यकाका सबै खोलामा बाढी, गोदावरी खोलाले बगायो कार

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
उपत्यकाका सबै खोलामा बाढी, गोदावरी खोलाले बगायो कार

सारांश

  • काठमाडौं, २१ साउन ।
  • आइतवार साँझदेखि काठमाडौं उपत्यकासहित देशैभरि भारी वर्षा भएको छ ।
  • लगातारको वर्षाका कारण उपत्यकाका सबैजसो खोलामा बाढी आएको छ ।

काठमाडौं, २१ साउन । आइतवार साँझदेखि काठमाडौं उपत्यकासहित देशैभरि भारी वर्षा भएको छ । लगातारको वर्षाका कारण उपत्यकाका सबैजसो खोलामा बाढी आएको छ । बागमती, हनुमन्ते, गोदावरी, विष्णुमती, धोवीखोला लगायतका खोलामा ठूलो बाढी आएको छ ।

बाढीले ललितपुरको गोदाबरीमा एउटा कार बगाएको छ । महालक्ष्मी नगरपालिका ८ स्थित गोदावरी खोलामा आएको बाढीले पार्किङ गरिराखेको वा १४ च ४७४९ नम्बरको कार बगाएको हो । कार ललितपुर लुभुका प्रेमराज लावतीको रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझदेखि सुरु भएको वर्षा आज दिनभरि नै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमवार मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?