मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ

सारांश

  • संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन् ।
  • कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् ।
  • यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ ।

संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन् ।

कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ । लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन गर्दछन्। तर अब तपाईको मोबाइलको लक खोल्न हामी सजिला पाँच उपाय बताउँदैछौं ।

१. यदि तपाईँले मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो भने मोबाइललाई केहीबेर स्विचअफ गर्नुस्।

२. त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटम, होम स्क्रिन बटम र पावर बटम एकै पटक दबाउनुस्।

३. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँवटा अप्सन देखिनेछन् ।

रिबुट डाटा(reboot Data)
वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset)
इन्स्टल अपडेट(Install Update)
पावर डाउन (Power down) र एड्भान्स अप्सन(Advance Options)

जसमा तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस्।

४. वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँछ।जसमा एस (Yes) सेलेक्ट गर्नुस्। तर त्यसो गर्दा तपाईँको फोनको तस्बिर, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ। यसो गर्नुअघि सोच्नु जरुरी छ ।

५. यी सबै ४ नम्बरको प्रक्रियामा आधारित हुनेछ। जसले केही समय लिन सक्छ। यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस्। त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?