राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।
  • बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।

बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकले मुलुकको समसामयिक परिस्थतीको समिक्षा गर्ने, पार्टीका भूगोल केन्द्र्रीत कार्यक्रमहरुको समिक्षा गर्ने र कोसी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनिती तय गर्ने र आवश्यक निर्णय लिने छ ।

दश दिन अगाडी कार्य सम्पादन समितिको बैठकले पदाधिकारीसँग परामर्श गरी आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरेको थियो । सोहीअनुसार अध्यक्ष लिङ्देनले केन्द्रीय पदाधिकारी बैठक आह्वान गर्नु भएको बताइएको छ ।

(https://winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?