ओली चौधरी बीच टक्कर, अर्बपति चौधरी माथि निगरानी बढाउँदै सरकार

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
ओली चौधरी बीच टक्कर, अर्बपति चौधरी माथि निगरानी बढाउँदै सरकार

सारांश

  • सरकारले अर्बपति व्यापारी बिनोद चौधरीमाथि निगरानी बढाएको छ ।
  • राजश्व छलेको र पूँजी पलायनमा संलग्न भएको सूचनाका आधारमा उनीमाथि छानबिन बढाउन सूक्ष्म निगरानी बढेको हो ।
  • प्रधानमन्त्री निकट स्रोतका अनुसार राजश्व छल्ने र पूँजी पलायन गर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको हो ।

सरकारले अर्बपति व्यापारी बिनोद चौधरीमाथि निगरानी बढाएको छ । राजश्व छलेको र पूँजी पलायनमा संलग्न भएको सूचनाका आधारमा उनीमाथि छानबिन बढाउन सूक्ष्म निगरानी बढेको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार राजश्व छल्ने र पूँजी पलायन गर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको हो । त्यसका लागि गहिरो अनुसन्धान गर्न निर्देशन पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग सिधा प्रधानमन्त्री मातहतमा ल्याएपछि चौधरीमाथि छानविनले गति पाएको हो । प्रधानमन्त्रीले विगतमा अर्थ मन्त्रालय अन्र्तगतको निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि चौधरीले विपक्षी दलहरुमार्फत् विरोध गर्न लगाउँदै आएका थिए । प्रधानमन्त्री ओली व्यापारी बिनोद चौधरीप्रति कठोर बनेका छन् ।

राजश्व छलीमा चौधरीको सीजी ग्रुपमाथि निगरानी बढााइएको छ । आफूमाथि निगरानी भित्र भित्र अनुसन्धान चाल पाएर चौधरीले सरकार विरुद्ध कडा अभिव्यक्ति दिए । यसले चौधरीको ओलीसँग सिधा टक्कर बढ्ने अवस्था बनेको छ । चौधरीमाथि छानविन हुने भएपछि उनले पूँजी पलायनलाई बढावा दिएका छन् । देशको सम्पत्ति धमाधम विदेश लगेर लगानी गरिरहँदा विगत सरकार उनीप्रति लचिलो बनिरह्यो । यसपटक ओलीले चौधरीलाई नछाड्ने गरी अनुसन्धान शुरु गर्न निर्देशन दिएका छन् ।

चौधरीले विगतमा गलत गैरकानुनी गतिविधि गर्दा पनि पैसा र पहुँचको बलमा उन्मुक्ति पाएका थिए । नक्कली कागजात तयार पारी राजस्व मार्ने गरेको खुल्दै आएको छ । नक्कली भ्याट बिल प्रकरणमा उनको नाम विगत देखि नै अग्रपंक्तिमा आउने गरेको छ ।

विगतमा सीजी इलेक्ट्रोनिक्समा भएको आगलागी समेत शंकास्पद देखिएको थियो । उनले ठूलो बिमा रकम दाबी गरेपछि बिमा क्षेत्रमा तरंग आयो ।
कसरी लगे बिनोद चौधरीले देशको पूँजी

फोब्र्स म्यागाजिनको अर्बपतिको सूचीमा पर्न सफल नेपालका एक मात्र व्यापारी बिनोद चौधरीले देशभित्रको पूँजी लगेको तथ्य भेटिएको छ । विभिन्न देशमा कारखाना र होटल खोल्न सफल उनले पुस्तकमार्फत् स्वदेशबाट विदेशमा पूँजी लगेको उल्लेख गरेका छन् ।

चौधरीको कारखाना भारत, सर्बिया, साउदी अरेबिया र बँगलादेशमा समेत छ । उनको भारतको ताज होटल सञ्जालमा विदेशमा होटल संचालनमा छ । नेबिल बैंकमा चौधरीको लगानी छ । विदेशमा लगानी गर्नका लागि चौधरीले विभिन्न समयमा पूँजी पलायन गरेका थिए ।

देशभित्रको पूँजी अवैध तरिकाले बाहिर लाने प्रकाश टिवडेवाल जेल सजाय भोगेर सडकमा पुगेका छन् । तर, चौधरीले विदेशमा पूँजी लगेको गर्वका साथ उल्लेख गर्दा पनि कुनै कारबाही भएको छैन ।

फोब्र्स म्यागाजिनले सन् २०१९ मा अर्बपतिको सूची सार्वजनिक गर्दै चौधरीको कुल सम्पत्ति एक अर्ब ७० करोड डलर रहेको उल्लेख गरेको छ । उनले सन् २०१८ मा भन्दा २० करोड डलर वृद्धि गरेका छन् । २० करोड डलर सम्पत्तिमा वृद्धि गर्ने चौधरीले देशभित्र कुल सम्पत्तिको चार प्रतिशत मात्र कर तिरेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?