आइपिएलको उपाधि मुम्बईलाई, चेन्नई १ रनले पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
४९ पटक हेरिएको
Shares
आइपिएलको उपाधि मुम्बईलाई, चेन्नई १ रनले पराजित

सारांश

  • काठमाडौं ।
  • आईपीएल १२ को उपाधि मुम्बई इडियन्सले जितेको छ ।
  • मुम्बईको यो आईपीएलको चौथो उपाधि हो ।
काठमाडौं । आईपीएल १२ को उपाधि मुम्बई इडियन्सले जितेको छ । मुम्बईको यो आईपीएलको चौथो उपाधि हो । चेन्नई सुपर किंग्सलाई जारी आईपीएलमा चौथो पटक हराउँदै उपाधि कब्जा गरेको हो ।
१५० रनको लक्ष्य पछ्याएको चेन्नई ७ विकेटमा १४८ रनमा सिमित भयो । मुम्बईले टस जितेर पहिला ब्याटिंग गर्दै चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो । शेन वाट्शनले उत्कृष्ट ब्याटिंग गरेपछि चेन्नईलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो ।
तर, लासिथ मालिंगाले अन्तिम ओभरमा ७ रनमात्र दिए र एक विकेट पनि लिएपछि अन्तिममा मुम्बई वियजी भयो । अन्तिम ओभरको पहिलो बलमा वाट्शनले एक रन लिए । दोस्रो बलमा वाट्शनले दुई रन बनाए । तेस्रो बलमा दुई रन लिने प्रयासमा वाट्शन रनआउट हुन पुगे ।
यसपछि क्रिजमा आएका शार्दुल ठाकुरले पहिलो बलमै दुई रन लिएपछि अन्तिम बलमा जितका लागि २ रन आवश्यक थियो । तर, मालिंगाको अन्तिम योर्कर बलमा ठाकुर एलबीडब्ल्यू आउट भए ।
जारी आईपीएलमा मुम्बई र चेन्नई चार पटक आमनेसामने भए । चारै पटक मुम्बई विजयी भयो ।
चेन्नईलाई वाट्शनले ५९ बलमा ८० रन बनाएर अन्तिमसम्म चेन्नईको आशा जोगाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको मुम्बईका लागि कायरन पोलार्डले २५ बलमा ४१ रन बनाएपछि मुम्बईले चुनौतिपूर्ण १४९ रन बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
12 Aloe Vera Face Packs For Different Skin Types
12 Aloe Vera Face Packs For Different Skin Types
समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)
समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)
प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह
प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह
बंगलादेशमा हसिनाको बहिर्गमनसँगै राजनीतिक संकट चुलियो
बंगलादेशमा हसिनाको बहिर्गमनसँगै राजनीतिक संकट चुलियो
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
राेचक समाचार : बिजुलीको तारले खोसिएको खुसी
राेचक समाचार : बिजुलीको तारले खोसिएको खुसी
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय