यसरी निलेकाे कुकुर निकाल्याे अजिंगरले !(भिडियाे)
सारांश
- काठमाडौं, थाइल्यान्डमा एक महिलाको घरपालुवा कुकुर अचानक बेपत्ता भयो ।
- महिलाले तत्कालै कुकुरको खोजी शुरू गरिन् ।
- महिलाले दुई महिनाको छाउरो कहाँ गयो होला भनी खोज्दा काठको क्रेटमा बसिरहेको अजिंगरमा नजर पुग्यो ।
काठमाडौं, थाइल्यान्डमा एक महिलाको घरपालुवा कुकुर अचानक बेपत्ता भयो । महिलाले तत्कालै कुकुरको खोजी शुरू गरिन् । महिलाले दुई महिनाको छाउरो कहाँ गयो होला भनी खोज्दा काठको क्रेटमा बसिरहेको अजिंगरमा नजर पुग्यो । अजिंगरको फुलेको शरीर देखेर महिलाले कुरा बुझिन् । अजिंगरले नै छाउरोलाई निलेको रहेछ ।
त्यसपछि महिलाले तत्कालै उद्धारकर्मीहरूलाई फोन गरिन् । यो घटना चाकोएङसाओमा मंगलवार बिहान भएको हो । त्यहाँ घरमै पारापितक नामक महिलाले रेस्टुराँ चलाउँछिन् । उनले आफ्ना घरपालुवा छाउराहरूलाई बिहान खानेकुरा लगिदिएकी थिइन् । खाना खान बोलाउँदा जम्मा एउटो छाउरो आयो । उसको भाइ छाउरो आएन । अनि उनले काठको क्रेटमा हेरिन् ।
त्यहाँ एउटा अजिंगर बसिरहेको थियो र त्यसको पेट फुलेको थियो । उनले तत्कालै उद्धारटोलीलाई बोलाइन् । उद्धारटोलीले अजिंगरलाई तानेर खुला ठाउँमा ल्याए । अनि उनीहरूले सुस्ताएर बसेको अजिंगरलाई उत्तेजित बनाएर छाउरो बाहिर निकाल्न लगाए । धेरै कोशिशपछि अजिंगरले छाउरो ओकल्यो । छाउरोको शव बाहिर निकालेपछि अजिंगरलाई जंगलमा लगेर छोडियो ।
प्रतिक्रिया