“हिम्मतवाली”का नायक सुदर्शन गौतम मानव तस्करीमा ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
४५ पटक हेरिएको
Shares
“हिम्मतवाली”का नायक सुदर्शन गौतम मानव तस्करीमा ?

सारांश

  • काठमाडौं, १६ साउन ।
  • नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ ।
  • अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा संलग्न रहेको खुलेको हो ।

काठमाडौं, १६ साउन । नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ ।

अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा संलग्न रहेको खुलेको हो । उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार हाइटीस्थित पोर्ट अफ वेबाट समुद्री बाटो हुँदै अमेरिका छिर्न लागेका उनीहरू सवार पानीजहाज पाभोस्थित समुद्रमा बिग्रिएको थियो । जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ युवती सवार थिए । जहाज अड्किएको १४ दिनपछि सुमित्राको स्वास्थ्य बिग्रिएको थियो भनेर आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

कलाकार बनाएर मानव तस्करी
प्रहरीका अनुसार उनीहरूलाई नेपालबाट विभिन्न रुट हुँदै हाइटीसम्म बाग्लुङका सागर श्रीश, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेले पुराएका थिए । त्यसपछि अमेरिका लैजाने जिम्मा भने गौतमले लिएका थिए ।

उनीहरूलाई “संस्कार” नामक चलचित्रका कलाकार तथा प्राविधिक बनाएर अमेरिका लगिँदै थियो । त्यसमध्ये सागर, लेकबहादुर, अनिल र सुरजलाई भने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरिसकेको छ ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले मानव तस्करीमा हिम्मतवाली चलचित्रका नायक सुदर्शन गौतमको संलग्नता देखिएको बताए । उनले भने, “हामीले केहीलाई पक्राउ गरेका छौँ । केही निगरानीमा छन् । उनीहरूको बयान सुन्दा सुदर्शन गौतमको पनि संलग्नता देखिन्छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिहारका लागि मिठाइ किन्दा खानलायक छ/छैन हेरेर किन्नुहोस्
तिहारका लागि मिठाइ किन्दा खानलायक छ/छैन हेरेर किन्नुहोस्
आइजीपी खनालको २१ महिनाः कहाँ बाजी मारे कहाँ चुके
आइजीपी खनालको २१ महिनाः कहाँ बाजी मारे कहाँ चुके
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
प्रदेश नं. ३ को राजधानीमा बिजुक्छे विपक्षमा, बस्नेत पक्षमा
प्रदेश नं. ३ को राजधानीमा बिजुक्छे विपक्षमा, बस्नेत पक्षमा
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
Rubina Dilaik’s wedding festivities begin, here’s the first pic of her Mehendi ceremony!
Rubina Dilaik’s wedding festivities begin, here’s the first pic of her Mehendi ceremony!
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
सेनाले भेट्याएको रकम प्रहरीलाई
सेनाले भेट्याएको रकम प्रहरीलाई