ओली सरकारको बारेमा परिवार दलले छिट्टै महत्वपूर्ण निर्णय लिने
सारांश
- नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बारेमा छिट्टै महत्वपूर्ण निर्णय लिने बताएका छन् ।
- उनले यसबारे पार्टीमा गम्भीर छलफल भएको समेत जानकारी दिए।
- ऋषि धमलासंग कुराकानी गर्दै तत्कालिन संविधान सभाका सदस्य समेत रहेका ढकालले वर्तमान संकटको निकास संवैधानिक वा राजनैतिक निर्णयबाट निस्कनु पर्ने बताए।
नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बारेमा छिट्टै महत्वपूर्ण निर्णय लिने बताएका छन् । उनले यसबारे पार्टीमा गम्भीर छलफल भएको समेत जानकारी दिए।
ऋषि धमलासंग कुराकानी गर्दै तत्कालिन संविधान सभाका सदस्य समेत रहेका ढकालले वर्तमान संकटको निकास संवैधानिक वा राजनैतिक निर्णयबाट निस्कनु पर्ने बताए। अध्यक्ष ढकालले मुलुकलाई थप राजनैतिक मूडभेड र अस्थिरता तर्फ जानबाट रोक्न जिम्मेवार राजनैतिक दल र नेतृत्वहरु सचेत रहनुपर्ने बताउदै अधिकारको लागी र अन्यायको बिरुद्धमा जनता आन्दोलित हुने भय पनि कसैलाई सत्तामा टिकाउन वा सत्तामा ल्याउन जनताले आन्दोलन नगर्ने जिकिर गरे।
नेपालको पछिल्लो विकसित राजनैतिक घटनाक्रमवारे विदेशी मित्रराष्ट्रहरु तथा कुटनीतिज्ञहरुले आफूसंग पनि चासो ब्यक्त गरेको बताउदै अध्यक्ष ढकालले समयमानै नेतृत्वले विवेकको प्रयोग नगरे स्थिति नियन्त्रण बाहिर जानसक्ने संकेत गरे। नेता ढकालले विभिन्न दल तथा नागरिक अगुवाहरु संगको छलफल पछि परिवार दलले थप महत्वपूर्ण निर्णय लिने पनि बताए। तत्कालिन नेकपा एमाले संग तिन बुदे सहमति गरी गत निर्वाचनमा सहकार्य गरेको परिवार दलले सहमति कार्यन्वयन गराउन पटक -पटक प्रधानमन्त्री तथा नेकपाका शिर्ष नेताहरुको धयाकर्षण गराउँदै आएको छ ।
संविधान सभामा २ सिट रहेको परिवार दलको विघटित संसदमा प्रतिनिधित्व नरहे पनि देशैभरी सानै भयपनि चुस्त संगठन र अन्तराष्ट्रिय क्षेत्रमा राम्रो सम्पर्क स्थापित छ। सो दलका अध्यक्ष ढकाल अन्तराष्ट्रिय मंचका विभिन्न महत्वपूर्ण सस्थाहरुमा समेत नेतृत्व तहमा रहेका एक प्रभावशाली व्यक्तित्व हुन्।
प्रतिक्रिया