नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०८२
|
|
१०५ पटक हेरिएको
Shares
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

सारांश

  • काठमाडौं।
  • नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन्।
  • शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन्।

काठमाडौं। नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै हमालले करिब तीन वर्षको तयारीपछि पुस्तक प्रकाशनमा आएको जानकारी दिए। उनले भने, ‘करिब करिब हामीलाई यो पुस्तक लेख्न तीन वर्ष लाग्यो। रोचक ढंगले यो पुस्तक सबैको सामु आएको छ।’

उनका अनुसार पुस्तकमा चलचित्र क्षेत्रका अनुभव मात्र नभई समाज, राजनीति, धर्म, मनोविज्ञान, मानवीय जीवन, बाल्यकाल, पारिवारिक पृष्ठभूमि लगायत विविध विषयवस्तु समेटिएका छन्।

‘प्रश्नकर्ता र म मिलेर सबै कुरा यो पुस्तकमा समेटेका छौं। यो पुस्तकमा सिनेमाका मात्रै कुराहरु नभएर सिनेमा र समाजसँग सम्बन्धित धेरै पाटाका कुराहरु छन्। राजनीति, धर्म, केही मनोविज्ञानका कुरा छन्, मानवीय  जिवनका कुराहरु छन्, आफ्नो बाल्यकालको परिवारको कुरा छ। सम्बन्ध पारिवारिक माहोलका कुराहरु पनि पुस्तकमा छन्। ’

साथै उनले पुस्तक तयार भएर पढ्दा आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लागेको बताए।

‘यो पुस्तक तयार भएर पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लाग्यो। फेरि त्यही जीवन फेरि जिएँ जस्तो महसुस भयो,’ हमालले भने।

फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकमा हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय समेटिएको छ। लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको हो।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    创建个人账户

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    创建个人账户

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी
कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
इम्बोस्ड नम्बर प्लेटबारे विवाद : जाग नेपालीको आन्दोलन घोषण
इम्बोस्ड नम्बर प्लेटबारे विवाद : जाग नेपालीको आन्दोलन घोषण
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
जिप दुर्घटनामा एकको मृत्यु १० घाइते
जिप दुर्घटनामा एकको मृत्यु १० घाइते
काठमाण्डौमा बर्ड फ्लू, नियन्त्रणको प्रयास
काठमाण्डौमा बर्ड फ्लू, नियन्त्रणको प्रयास
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
हिमपातले टेलिफोन र बिजुली अवरुद्ध
हिमपातले टेलिफोन र बिजुली अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?