‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०८०
|
|
३० पटक हेरिएको
Shares
‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

सारांश

  • काठमाडाैं।
  • कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कंगारु’ साइन गरेका छन्।
  • कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबिच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो।

काठमाडाैं। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कंगारु’ साइन गरेका छन्।

कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबिच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो। निर्देशक सम्राटले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए।

यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए।

राजिभ गुरुङ ‘दीपक मनांगे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ।

कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन्। यो फिल्ममा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताए।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन्।

फिल्मको सह-निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन्। टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलीया) रहेको छ।

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (युके)ले पनि सहकार्य गरेको छ। फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन्।

केदार घिमिरे सम्झौता भएसँगै फिल्मको बिषयमा निर्देशक बस्नेत भन्छन्-‘केही फरक कथा भन्न मन लागेको छ। कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ बर्ष समय लगाएका छौं। दर्शकले, यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?