कक्षा ११ को मौका परीक्षाको रिजल्ट आयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कक्षा ११ को मौका परीक्षाको रिजल्ट आयो

सारांश

  • काठमाडौं, १३ फागुन- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
  • बोर्डले शनिबार सार्वजनिक गरेको परीक्षा फलमा ७६.
  • ९१ प्रतिशतले आफ्नो ग्रेड वृद्धि गरेका छन् ।

काठमाडौं, १३ फागुन- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले शनिबार सार्वजनिक गरेको परीक्षा फलमा ७६.९१ प्रतिशतले आफ्नो ग्रेड वृद्धि गरेका छन् । ३९ हजार ९ सय ९० जना सहभागी विद्यार्थीमा ४ हजार १ सय ६९ जना अनुपस्थित थिए भने एकजनाको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै निस्कासन गरिएको थियो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार ग्रेड ए प्लस ल्याउने १२, एमा १८२, बी प्लस एक हजार ८५ छन् । त्यसैगरी बी ४ हजार ६ सय ९६, सी प्लस १ हजार ४६, सी १४ हजार ७३६, डी प्लस ५ हजार ५ सय ६५, डी २ हजार ५ सय ४ र ई ग्रेड ल्याउने १ हजार १६६ रहेका छन् ।

बोर्डले २९ पुसमा पहिलोपटक कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा सार्वजनिक गरेको थियो । सबै विषयमा डी प्लस ल्याएर एउटा विषयमा मात्र अनुपस्थित भएको तथा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गरेको थियो । डी प्लस, डी, र इ ग्रेड ल्याएकाले मौका परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै
नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैनः देउवा
परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैनः देउवा
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन

तपाईंले छुटाउनुभयो कि?