इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०८०
|
|
४६ पटक हेरिएको
Shares
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन

सारांश

  • काठमाडौं ।
  • प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ ।
  • हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।

काठमाडौं । प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।

इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ ।

हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायमालाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडीएफ) का सैनिकसँग झडप भएको छ ।

इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बाड नजिकैको ग्रामीण कृषि क्षेत्रमा एक सङ्गीत कार्यक्रम (नोभा फेस्टिभल) मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष सङ्कलन गरिएको जनाएको छ ।

आइतबार राति पनि महोत्सवमा सहभागी धेरै जना हराइरहेका थिए । हमासले इजरायलमा हजारौं रकेट प्रहार सहितको विशाल आक्रमणमा उक्त कार्यक्रमसहितका यस क्षेत्रका अन्य स्थानहरूमा आक्रमण गरेपछि सामाजिक सञ्जालहरूमार्फत आफ्ना नातेदार र साथीहरूलाई खोज्ने अभियान चलाएका छन् ।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकुबीच बढ्दो द्वन्द्वबीच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकू विमान पठाउन लागेको बताएका छन् ।

अस्टिनले एक विज्ञप्ति जारी गर्दै ‘युएसएस जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक ग्रुप’को पूर्वी भूमध्यसागरीय क्षेत्रमा एक विमानवाहक पोत, एक गाइडेड मिसाइल क्रुजर र चार गाइडेड मिसाइल विध्वंसकको आवागमनलाई निर्देशन दिएको बताएका छन् ।

पेन्टागनले यस क्षेत्रमा अमेरिकी वायु सेनाको एफ–३५, एफ–१५, एफ–१६ र ए–१० लडाकू विमान स्क्वाड्रनको विस्तारका लागि पनि कदम चालेको छ ।

उनले अमेरिकी सरकारले इजरायली रक्षा बललाई युद्धसामग्रीलगायत थप उपकरण र स्रोत साधन द्रूत गतिमा उपलब्ध गराउने बताए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पेनिस ला लिगा: दस खेलाडीमा सिमित एट्लेटिको विजयी
स्पेनिस ला लिगा: दस खेलाडीमा सिमित एट्लेटिको विजयी
मोदी भ्रमण : प्रधानमन्त्री र परराष्ट्रमन्त्री एक ठाउँमा, अरु मन्त्रीहरु विभाजित !
कटारी गोल्डकपको उपाधिका लागि झापा ११ सँग काठमाडौँको संकटाले प्रतिष्पर्धा गर्ने
कटारी गोल्डकपको उपाधिका लागि झापा ११ सँग काठमाडौँको संकटाले प्रतिष्पर्धा गर्ने
‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …
‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …
सुदूरपश्चिममा सरकार बिस्तार, बन्यो जम्बो मन्त्रिमण्डल
सुदूरपश्चिममा सरकार बिस्तार, बन्यो जम्बो मन्त्रिमण्डल
मोदीले अन्र्तवार्ताकालागि किन अक्षयलाई चुने ?
मोदीले अन्र्तवार्ताकालागि किन अक्षयलाई चुने ?
एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो
एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख सहयोग
यी हुन् बुद्धको महापरिनिर्वाण पछि निर्माण गरिएका आठ स्तुपहरु
यी हुन् बुद्धको महापरिनिर्वाण पछि निर्माण गरिएका आठ स्तुपहरु
दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र
दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र