ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
२० पटक हेरिएको
Shares
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन्।
  • सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान दोहोर्याए।

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन्।सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान दोहोर्याए। लोकतन्त्रको लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या नहुने सभापति देउवाको दावी छ। शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरे। त्यस अवसरमा उनले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतह स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारलाई दवाब दिए। उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न सरकारलाई सचेत गराए। नेता पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति नलिन पनि सरकारलाई सचेत गराए।

यो पनि पढ्नुहोस्
शेरबहादुर देउवा र प्रचण्ड के कारण नजिकिदै ?

द्वन्द्वकालीन मुद्दाहरु अन्तराष्ट्रियकरण गर्न खोजेपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि एक ठाउँमा पुगेका छन् । दुवै नेताहरुले शान्ति प्रक्रिया अझै नटुंगिएको निष्कर्ष निकाल्दै ठोस कदम चाल्नेबारे छलफल गरे । बिहिबार प्रचण्ड र देउवाबीच ललितपुरको समिट होटलमा गम्भीर छलफल भयो ।द्वन्द्वकालीन मुद्दालाई निष्कर्षमा पुर्याएर नजाँदा शान्तिपूर्ण मूलधारमा आइसकेका नेताहरुलाई समस्या आएको भन्दै नेताद्वयले यसमा गम्भीरताका साथ छलफल गरेका हुन् । नेकपा अध्यक्ष प्रचण्ड निकट स्रोतका अनुसार दुई नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दा पर्ने अप्ठ्याराहरुबारे छलफल केन्द्रित भएको थियो । शान्ति प्रक्रियाका मुख्य दुई पक्षको नेतृत्व गिरिजाप्रसाद कोइराला र आफूले

लिएकाले टुंगोमा पुर्याउन आफूलाई साथ दिन देउवालाई आग्रह गरेका थिए । उनले कोइरालाको निधनपछि देउवाको काँधमा जिम्मेवारी आएकाले मिलेर जान भनेपछि देउवा आक्रोशित भएका थिए । देउवाले मिलेर जान आफूले वातावरण बनाउँदा किन धोका दिएको रु भनी प्रश्न गरेका थिए । आफूलाई धोका दिंदा प्रचण्डले पश्चात्ताप गर्नुपर्ने समय आउन लागेको समेत भनेका थिए ।पछिल्लो समय द्वन्द्वकालिन मुद्दा ब्युँताएर प्रचण्डलाई असजिलो बनाउन खोजिएको विषय उनी निकटस्थले उठाइरहेका छन् । कुनैपनि बेला विदेश भ्रमणमा जाँदा नेताहरु समातिने खतरा छ । नेकपा अध्यक्ष प्रचण्ड अमेरिका जाँदा उनी समातिने अवस्था निर्माण भइसकेको थियो । तर, अमेरिकी सरकारले उनको सम्भावित पक्राउलाई टार्ने कदम चालेको थियो ।

द्वन्द्वकालमा देउवा प्रधानमन्त्री हुँदा तत्कालिन विद्रोही नेकपा माओवादी अध्यक्ष प्रचण्डसहितका मुख्य नेताहरुको टाउकाको मूल्य तोेकेका थिए । शान्ति प्रक्रियामा आएपछि विगतका युद्धकालिन विषयले दुवै नेताले चुनौती भोगिरहेका छन् । विशेषगरी प्रचण्डलाई यूरोप, अमेरिका र अष्ट्रेलियामा जाँदा समस्या छ ।द्वन्द्वकालीन मुद्दा ब्युँताएर टाउकोमा तरबार झुण्ड्याउने र अप्ठ्यारोमा पार्ने गतिविधि प्रचण्डलाई नेकपाभित्रबाट भइरहेको विषय उठिरहेको छ । प्रचण्डले द्वन्द्वकालिन मुद्दाको टुंगो लगाउने देखि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सम्मको भित्री सहमति गरेर नेकपा एकीकरण गरेको भएपनि त्यसतर्फ कुनै काम अगाडि नबढेपछि शतर्क भइरहेका छन् । त्यसैले उनले देउवासँग फेरि निकटता बढाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?