हवाइ इन्धनको मूल्य घटेपनि आन्तरिक उडान भाडा घटेन
सारांश
- काठमाडौं ।
- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ।
- निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य बुधबारदेखि लागू हुनेगरी प्रति किलोलिटर ७५ डलर घटाएको हो।
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य बुधबारदेखि लागू हुनेगरी प्रति किलोलिटर ७५ डलर घटाएको हो।
डोमेस्टिक अर्थात आन्तरिक उडानतर्फको मूल्य भने नघटेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर ११ सय २५ बाट घटाएर एक हजार ५० डलरमा झारिएको निगमले जनाएको छ ।
हवाई इन्धनमा नाफा रहेकाले मूल्य समायोजन गरेको निगमले जनाएको छ । डिजेल, पेट्रोल, मट्टीतेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया