पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ
सारांश
- काठमाडौं, १७ मंसिर ।
- काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट गएराति जुवाखालबाट १३ जना पक्राउ परेका छन् ।
- जुवा खेलिरहेको अवस्थामा पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं, १७ मंसिर । काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट गएराति जुवाखालबाट १३ जना पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेष्ट हाउसबाट उनीहरुलाई १६ थान कौडासहित पक्राउ गरेको हो ।
जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले राती १२ बजे धादिङ घर भई काठमाडौँमा होटल सञ्चालन गर्दै आएका ३६ वर्षीय राम कार्कीसहित १३ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाराका ४२ वर्षीय राजकुमार तिवारी, काभ्रेका ३४ वर्षीय केशव नेपाल, उदयपुरका ३० वर्षीय मानबहादुर मगर, सिन्धुपाल्चोकका ३६ वर्षीय विशाल सुनार सहित १३ जना रहेका छन् ।पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको र कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानएको छ ।
प्रतिक्रिया