आज नेपाली क्रिकेट टोली इंग्ल्याण्डमा पहिलो टी–ट्वेन्टी खेल्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
आज नेपाली क्रिकेट टोली इंग्ल्याण्डमा पहिलो टी–ट्वेन्टी खेल्दै

सारांश

  • काठमाडौं ।
  • इंग्ल्यान्डको लर्ड्समा हुने टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।
  • आज नेपालले इंग्ल्यान्डको क्लव ह्याम्पसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम छ ।

काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

आज नेपालले इंग्ल्यान्डको क्लव ह्याम्पसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम छ । खेल नेपाली समय अनुसार बेलुकी ५ बजेबाट सुरु हुनेछ । खेल ५० ओभरको हुनेछ ।

सन् १८८७ मा स्थापना भएको बेलायतको पुरानो क्रिकेट क्लव ह्याम्पसायरमा ४ सयभन्दा बढी सदस्य छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमहरुसँग क्रिकेट खेलिसकेको यो टिम सँग आज नेपाल खेल्दैछ ।

त्यसैगरी नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग टी–ट्वेन्टी खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसँग टी–ट्वेन्टी खेल खेल्नेछ ।

चार अभ्यास खेलेपछि नेपालले इंग्ल्यान्डको लडस्मा जुलाई अन्तिम साता हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोनबीच त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?