कपनको आगलागीमा तीनजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ६, २०७९
|
|
२६ पटक हेरिएको
Shares
कपनको आगलागीमा तीनजनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ ।
  • काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो ।

काठमाडौं । काठमाडौंको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको जानकारी दिए ।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?