नागरिकता वा लाइसेन्सको आधारमा पनि मतदान गर्न पाइने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
नागरिकता वा लाइसेन्सको आधारमा पनि मतदान गर्न पाइने  !

सारांश

  • काठमाडौं २० मंसिर,  ।
  • बिहीबार हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने भएका छन् ।
  • तर, मतदाता नामावलीमा नाम भने हुनु पर्नेछ ।

काठमाडौं २० मंसिर,  । बिहीबार हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने भएका छन् । तर, मतदाता नामावलीमा नाम भने हुनु पर्नेछ ।

निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

बुधबार निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउनेछन् ।’

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र भएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?