कपिलको शोमा कोही पनि कलाकार आउन चाहँदैन थिए किन?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
४० पटक हेरिएको
Shares
कपिलको शोमा कोही पनि कलाकार आउन चाहँदैन थिए किन?

सारांश

  • मुम्बई।
  • कमेडियन कपिल शर्माले ‘कमेडी नाइट्स विद कपिल’ २०१३–२०१६ मा संचालन गरेका थिए।
  • त्यतिबेला कुनै पनि फिल्म स्टार उनको शोमा आउन रुचाउँदैन थिए।

मुम्बई। कमेडियन कपिल शर्माले ‘कमेडी नाइट्स विद कपिल’ २०१३–२०१६ मा संचालन गरेका थिए। त्यतिबेला कुनै पनि फिल्म स्टार उनको शोमा आउन रुचाउँदैन थिए। उनले ‘वल्र्ड लास्टर डे’ को अवसरमा एक वेबसाइटलाई दिएको अन्तर्वातामा उक्त खुलासा गरेका हुन्।कपिललाई तपाइँको शोमा आउन कुन कलाकार सबैभन्दा धेरै लालयित हुन्थे भनेर सोधिएको थियो। जवाफमा कपिलले भनेका छन्, ‘त्यसो त सबै कलाकार सपोर्टिभ नै थिए, सबैसँग निकै रमाइलो भयो। तर एक जना मानिस छन् जसलाई म धेरै श्रद्धा गर्छु। उहाँ हो धमेन्द्र। जब मैले शो सुरु गरेँ तब कोही पनि मेरो शोमा आउन मानेका थिएनन्। तर धमेन्द्र मेरो शोमा आए। मलाइ उहाँले धेरै माया र आर्शीवाद दिनु भयो।’

कपिलले आफूलाई सबैभन्दा मन पर्ने कमेडियन महमुद भएको बताए। उनको कमिक टाइमिङमा कुनै कमी नहुने कपिलले बताए। ‘सलमान खानले मलाइ भन्नु भएको थियो, म महमुद सरको बायोपिककालागि एकदम फिट छु। यो मेरालागि ठूलो सम्मान थियो। मलाइ गोविन्दा पनि धेरै मन पर्छ। उहाँको कमिक टाइमिङ विचित्रको छ र स्टाइल पनि नेचुलर छ,’ उनले भने।
कपिलले आफ्नो मन पर्ने फिल्मको रुपमा ‘बडे मियाँ छोटो मियाँ’ (१९९८) र ‘अन्दाज आपना–अपना’ (१९९४) रहेको बताए।कपिलले विवाहपनि आफ्नो जीवनमा कुनै परिवर्तन नआएको बताए। उनले मुस्कुराउँदै भने, ‘केवल एकमात्र कुरामा परिवर्तन आएको छ, त्यो हो पहिला म अरुको विवाहमाथि जोक बनाउँथे, अहिले आफ्नै विवाहका विषयमा जोक बनाउँछु। अर्थात अहिले जोक धेरै वास्तविक र प्रमाणिक हुन्छन्।’

कपिलको शोमा कोही पनि कलाकार आउन चाहँदैन थिए किन?मुम्बई। कमेडियन कपिल शर्माले ‘कमेडी नाइट्स विद कपिल’ २०१३–२०१६ मा संचालन गरेका थिए। त्यतिबेला कुनै पनि फिल्म स्टार उनको शोमा आउन रुचाउँदैन थिए। उनले ‘वल्र्ड लास्टर डे’ को अवसरमा एक वेबसाइटलाई दिएको अन्तर्वातामा उक्त खुलासा गरेका हुन्।कपिललाई तपाइँको शोमा आउन कुन कलाकार सबैभन्दा धेरै लालयित हुन्थे भनेर सोधिएको थियो। जवाफमा कपिलले भनेका छन्, ‘त्यसो त सबै कलाकार सपोर्टिभ नै थिए, सबैसँग निकै रमाइलो भयो। तर एक जना मानिस छन् जसलाई म धेरै श्रद्धा गर्छु। उहाँ हो धमेन्द्र। जब मैले शो सुरु गरेँ तब कोही पनि मेरो शोमा आउन मानेका थिएनन्। तर धमेन्द्र मेरो शोमा आए। मलाइ उहाँले धेरै माया र आर्शीवाद दिनु भयो।’

कपिलले आफूलाई सबैभन्दा मन पर्ने कमेडियन महमुद भएको बताए। उनको कमिक टाइमिङमा कुनै कमी नहुने कपिलले बताए। ‘सलमान खानले मलाइ भन्नु भएको थियो, म महमुद सरको बायोपिककालागि एकदम फिट छु। यो मेरालागि ठूलो सम्मान थियो। मलाइ गोविन्दा पनि धेरै मन पर्छ। उहाँको कमिक टाइमिङ विचित्रको छ र स्टाइल पनि नेचुलर छ,’ उनले भने।
कपिलले आफ्नो मन पर्ने फिल्मको रुपमा ‘बडे मियाँ छोटो मियाँ’ (१९९८) र ‘अन्दाज आपना–अपना’ (१९९४) रहेको बताए।कपिलले विवाहपनि आफ्नो जीवनमा कुनै परिवर्तन नआएको बताए। उनले मुस्कुराउँदै भने, ‘केवल एकमात्र कुरामा परिवर्तन आएको छ, त्यो हो पहिला म अरुको विवाहमाथि जोक बनाउँथे, अहिले आफ्नै विवाहका विषयमा जोक बनाउँछु। अर्थात अहिले जोक धेरै वास्तविक र प्रमाणिक हुन्छन्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?