ओली सरकारले एउटा पनि राम्रो काम गरेन : सभापति देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
ओली सरकारले एउटा पनि राम्रो काम गरेन : सभापति देउवा

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउट पनि राम्रो काम गर्न नसकेको दावी गरेका छन्।
  • काँग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पनि पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिए।

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउट पनि राम्रो काम गर्न नसकेको दावी गरेका छन्।

काँग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पनि पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिए।

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप लगाए।

सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन दिए। उनले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने/नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने बताए। नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने सभापति देउवाको प्रतिवद्धता छ।

सभापति देउवाले नेविसंघले नेपालको राजनीतिक परिवर्तनको ठूल्ठूला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?