हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
सारांश
- काठमाडौं, १२ मंसिर।
- हुम्लाको सीमिकोट विमानास्थलमा तारा एयरको एक बिमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सात जना गम्भीर घाइते भएका छन्।
- घाइते हुनेमा विमानका चालक अनुप गुरुङ र बसन्त लामा रहेका छन्।
काठमाडौं, १२ मंसिर। हुम्लाको सीमिकोट विमानास्थलमा तारा एयरको एक बिमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सात जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा विमानका चालक अनुप गुरुङ र बसन्त लामा रहेका छन्। बाँकी घाइते प्रहरी भएको हुम्लाबाट पत्रकार नरजंग तामाङले शिखरन्युजलाई बताए ।
मंगलबार बिहान सिमिकोट विमानस्थलबाट नेपालगञ्जका लागि बिमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । नाइन एन एबिएम बिमान धावनमार्ग छाड्ने वित्तिकै खाद्य गोदाम नजिकै दुर्घटनामा परेको पत्रकार तामाङले बताए। घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भैरहेको छ। विमानमा चालक दलका दुई सदस्य र १३ प्रहरी सवार थिए।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Bimal Gnawali
News lekhda khate parale nalekhauta kasaile nepal ganga vanx kasile surkhet vanx yar