कम्युनिष्ट ट्रेड युनियन पनि एकता प्रक्रियामा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
कम्युनिष्ट ट्रेड युनियन पनि एकता प्रक्रियामा !

सारांश

  • काठमाडौँ, १५ साउन ।
  • तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघको एकताका लागि प्रक्रिया शुरु भएको छ ।
  • दुबै संगठनबाट समानुपातिक प्रतिनिधित्व हुने गरी नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सम्मेलन समिति गठन गरिएको छ ।

काठमाडौँ, १५ साउन । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघको एकताका लागि प्रक्रिया शुरु भएको छ । दुबै संगठनबाट समानुपातिक प्रतिनिधित्व हुने गरी नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सम्मेलन समिति गठन गरिएको छ ।

उक्त समितिको सदस्यमा गणेश रेग्मी, रमेश बडाल, विदुर कार्की, जगत सिंखडा, रीना गुरुङ, धनबहादुर विक, जनक चौधरी, जय कार्की, उषा देवकोटा र सोनालाल साह छन् । समितिले प्रदेश र जिल्ला कमिटीभित्रका साथै उद्योग, यातायात, पर्यटनलगायत क्षेत्रमा विस्तार गरेको सदस्य युनियनको समेत एकता प्रक्रियालाई व्यवस्थित गर्नेछ । समितिले एकताका लागि आवश्यक विधान निर्माण गरी पदाधिकारी तथा केन्द्रीय कमिटीको सदस्य संख्याको टुंगो लगाउने नवगठित समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकता भएर नेकपा घोषणा हुँदा तीन महिना भदौ ३ भित्र आधारभूत तहसम्म एकता गरिसक्ने भनिएको भए पनि समयमै आवश्यक विधान र नियमावली बन्न नसकेका कारण अहिलेसम्म कुनै पनि जनवर्गीय संगठन प्रक्रिया अघि बढ्न सकेको थिएन । यसअघि पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनको जिम्मेवारीमा रहेका इञ्चार्ज, सह इञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्ष रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको बताइएको छ । दुबै पार्टीको विद्यार्थी संगठन र युवा संगठन पनि एकताका लागि गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी
कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
आज काठमाडौँमा बिजोर नम्बरका सवारी चलाउन नपाईने
आज काठमाडौँमा बिजोर नम्बरका सवारी चलाउन नपाईने
अब हवाई यात्रा गर्दा बोर्डिङ पास नचाहिने, एपले नै गर्नेछ यस्तो काम
अब हवाई यात्रा गर्दा बोर्डिङ पास नचाहिने, एपले नै गर्नेछ यस्तो काम
प्रधानमन्त्रीलाई पत्र लेख्दै मुस्कानले एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्
प्रधानमन्त्रीलाई पत्र लेख्दै मुस्कानले एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्
माघ निगल्दो पनि हुस्सु र स्याँठ
माघ निगल्दो पनि हुस्सु र स्याँठ
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
सुनको मुल्य घट्दै, १ लाख १६ सयमा कारोबार
किन आए नेपाल बलिउड स्टार गोविन्दा ?
किन आए नेपाल बलिउड स्टार गोविन्दा ?