अब यसरी घरको भित्तामा खेतीपाती हुन्छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
अब यसरी घरको भित्तामा खेतीपाती हुन्छ

सारांश

  • विज्ञानको विकासका अगाडि संसारले पटकपटक आश्चर्यचकित हुनु परेको छ ।
  • विश्वमा कतिपय यस्ता चमत्कार विज्ञानको विधीले सम्भव गरिसकेको छ, जसको कुनैबेला कल्पनासमेत गर्न कठीन हुन्थ्यो ।
  • प्रसंग हो आधुनिक कृषिको ।

विज्ञानको विकासका अगाडि संसारले पटकपटक आश्चर्यचकित हुनु परेको छ । विश्वमा कतिपय यस्ता चमत्कार विज्ञानको विधीले सम्भव गरिसकेको छ, जसको कुनैबेला कल्पनासमेत गर्न कठीन हुन्थ्यो । प्रसंग हो आधुनिक कृषिको । तर त्यस्तो कृषि जुन खेतबारीमा नभई घरका भित्तामा गरिन्छ । विज्ञानले यस्तै अपत्यारिलो कुरालाई चमत्कारका रुपमा सार्थक तुल्याउँदै आएको छ । इजरायली कम्पनी ‘ग्रीनवाल’का संस्थापकहरु अहिले ‘भर्टिकल गार्डन’लाई मूर्त रुप दिन व्यस्त छन् । यो पद्धतिअनुसार मानिसले घरको पर्खालमा खेती गर्न सक्नेछन् ।

अग्ला घरका विशाल भित्ताहरुमा विभिन्न बाली लगाउने विषयलाई सार्थक तुल्याउने दिशामा उनीहरुले आवश्यक खोज तथा अनुसन्धान गरेका हुन् । सन् २००९ मा स्थापित ग्रीनवाल कम्पनीले विकास गरेको आधुनिक प्रबिधीको मद्दतमा मानिसले घरको भित्ताको भित्री र बाहिरी गरी दुबैपट्टी खेती गर्न सक्नेछन् । यो पद्धतिका लागि ग्रीनवाल कम्पनीले नै उब्जाउयोग्य माटो उपलब्ध गराउँने बताइएको छ । ‘भर्टिकल प्लान्टिङ सिस्टम’का लागि बिरुवालाई ‘स्मल मोड्युलर युनिट’मा सघन रुपमा लगाउने गरिन्छ । बिरुवा भित्ताबाट तल नझरोस् भन्नका लागि पनि विशेष व्यवस्था गरिएको हुन्छ । कम्प्युटर प्रविधिको मद्दतले प्रत्येक बिरुवामा पानी प¥ुयाउने व्यवस्था गरिएको हुन्छ । फल लाग्ने समय भएपछि भने बिरुवालाई जमिनमा उतारिन्छ ।

ग्रीनवालले पर्खालमा खेती गर्नका लागि मनिटर, सेन्सर र कन्ट्रोल सिस्टम भने इजरायली वाटर म्यानेजमेन्ट कम्पनी ‘गेलकन’ को सहयोगमा विकसित गरिएको बताइएको छ । बढ्दो शहरीकरणको प्रभावमा खेतीका लागि जमिनको अभाव बढ्नु र जनसंख्या वृद्धिदर पनि लगातार हुँदैजानु जस्ता कारणले खाद्य संकट निम्तिने निश्चित छ । यस्तो अवस्थामा पर्खालमा गरिने खेती पद्धतिको विकासलाई खाद्य संकट टार्ने एउटा प्रयासका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर क्षेत्र नम्बर १,२,र ३ को पछिल्लो मतपरिणाम अपडेट !
ललितपुर क्षेत्र नम्बर १,२,र ३ को पछिल्लो मतपरिणाम अपडेट !
ईन्द्रावतीमा मिनीट्रक दुर्घटनामा एकको ज्यान गयो, ३ जना घाइते
ईन्द्रावतीमा मिनीट्रक दुर्घटनामा एकको ज्यान गयो, ३ जना घाइते
सागमा चञ्चलाले जितिन नेपालका लागि पहिलो पदक
सागमा चञ्चलाले जितिन नेपालका लागि पहिलो पदक
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी
ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’
ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम
जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम
कांग्रेससँग चुनावी तालमेल गरेको  राप्रपाले काठमाडौं–२ मा  भने माधव नेपाललाई सहयोग गर्ने
कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाले काठमाडौं–२ मा भने माधव नेपाललाई सहयोग गर्ने
यस्तो आयो एमालेको निर्णय : विज्ञप्तिको पूर्णपाठकसहित
यस्तो आयो एमालेको निर्णय : विज्ञप्तिको पूर्णपाठकसहित

तपाईंले छुटाउनुभयो कि?