कर्णालीका मुख्यमन्त्री वालुवामा सुतेपछि..
सारांश
- सुर्खेत, २८ असाेज ।
- कर्णालीको विकास र समृद्धिको नारा लिएर म्याराथुन दौडमा रहेका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शुक्रवार वेलूकीतिर दैलेखको आठविस नगरपालिका वडा नं १ स्थित डावमा पर्ने कर्णाली किनारमा पुग्नुभयो ।
- उहाँभन्दा पहिले नै मेघ आले नेतृत्वको पहिलो कर्णाली पहिलो वैज्ञानिक कर्णाली यात्रा २०१८को टोली त्यहाँ पुगिसकेको थियो ।
सुर्खेत, २८ असाेज । कर्णालीको विकास र समृद्धिको नारा लिएर म्याराथुन दौडमा रहेका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शुक्रवार वेलूकीतिर दैलेखको आठविस नगरपालिका वडा नं १ स्थित डावमा पर्ने कर्णाली किनारमा पुग्नुभयो । उहाँभन्दा पहिले नै मेघ आले नेतृत्वको पहिलो कर्णाली पहिलो वैज्ञानिक कर्णाली यात्रा २०१८को टोली त्यहाँ पुगिसकेको थियो ।
त्यहाँ पुग्ने वित्तिकै मुख्यमन्त्री शाही र संगै रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले भुगर्भ तथा जलचर वैज्ञानिकहरु सहितको उक्त टोलीलाई कर्णालीको पर्यटन विकासका लागि योगदान गरेको भन्दै खादा तथा अविरले स्वागत गर्नुभयो । मुख्यमन्त्री शाहीको स्वागत पछि भुगर्भविद क्यारेन वानमेटा र नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेवाट कर्णाली नदीको उत्पति, त्यसको उदगम स्थल, कर्णाली नदी क्षेत्रको पारिस्थितिक पद्धती र कर्णालीवाट लिन सकिने फाईदाका विषयमा छोटो व्रिफिङ्ग भयोे ।
व्रिफिङ्ग सके लिगत्तै आलेले मुख्यमन्त्री शाहीलाई आजको रात आफुसंगै विताउन अनि वालुवा र नदी किनारको अनुभुति संगाल्न आग्रह गरे । १० वर्ष लामो सशस्त्र युद्धका कमाण्डर समेत रहेका शाहीले आफुलाई जंगल, वालुवा र नदीसंगै रहन कुनै आपत्ती नरहेको वताउदै त्यो रात नदी किनारमा रहेको वालुवाको थुप्रोमा वनाईएको पालमा विताउनुभयो । मुख्यमन्त्री शाहीको शनिवार विहानको मर्निङ्ग वाक पनि नदी किनारमै भयो ।
विहानको खाजा खाईसक्दा मेघ आलेको टोलीले र्याफटीङ्गको तयारी पुरा गरिसकेको थियो । मुख्यमन्त्री शाही पनि पर्यटन प्रवद्र्धनको लागि आलेको टोलीसंगै कर्णालीमा र्याफटीङ्गको सम्भावनाको खोजी गर्न आफै जान तयार देखिए । डाव देखि तल्लो डुंगेश्वर सम्मको करिव १५ किलोमिटर र्याफटीङ्ग यात्रा पछि मुख्यमन्त्री शाहीले कर्णाली नदीको यो क्षेत्रमा पहिलो पटक र्याफटीङ्ग परिक्षण भएको र व्यवसायिक रुपमा र्याफटीङ्ग सम्भव भएको वताउनुभयो ।
प्रतिक्रिया