कर्णालीमा ‘प्रचण्ड’काे २० किलाे चामल प्रख्यात !
सारांश
- जुम्ला, २४ कात्तिक ।
- तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्दा निकै आलोचना भयो।
- प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा तर्क वितर्क, वादविवाद, चर्चा परिचर्चा, विचार विमर्श र टिकाटिप्पणीले व्यापक स्थान लियो।
जुम्ला, २४ कात्तिक । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्दा निकै आलोचना भयो। प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा तर्क वितर्क, वादविवाद, चर्चा परिचर्चा, विचार विमर्श र टिकाटिप्पणीले व्यापक स्थान लियो। आफूलाई बुझ्ने ठान्नेमध्येका थोरैले सरकारको सकरात्मक सम्बोधन भएको प्रतिक्रिया दिए तर धेरैले कर्णालीवासीलाई जन्म र मृत्युको २० किलो चामलसँग दाँजेर अपमान गरेको रोषपूर्ण अभिव्यक्ति प्रकट गरे। यद्यपि पछिल्लो समयमा तत्कालीन सरकारले सम्बोधन गरेको जन्म र मृत्यु संस्कारमा गरिँदै आएको चामल वितरण कार्य भने प्रभावकारी बन्दै गएको छ।
सरकारले दिएको यो सेवाबाट गत आर्थिक वर्ष २०७४र७५ मा जुम्लाका ३१३ घरधुरीले लाभ लिएका छन्। सेवा लिनेमा २७२ जन्म र ४१ मृत्यु हुनेका घरधुरी रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख घनश्याम अर्यालले जानकारी दिए। ‘प्रतिसेवाग्राही २० किलोका दरले ६२ क्विन्टल ६० किलो चामल वितरण गरिएको छु, प्रमुख अर्यालले भने, ‘वितरित चामलको हिसाब गर्दा नगद रु दुई लाख ५९ हजार ५६ हुन आउँछ। जुम्लाको चन्दननाथ नगरपालिकाबाहेक अन्य सात स्थानीय तहका नागरिकलाई २० किलो चामलका साथै ज्याला पनि प्रदान गरिएको उनले बताए। जन्म र मृत्यु दुवैमा २० किलो चामल लिन आउने पातारासी, गुठीचौर र तातोपानी गाउँपालिकाका सेवाग्रहीलाई रु ५ सय तथा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका सेवाग्रहीलाई रु एक हजार ज्याला प्रदान गर्दै आएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए।
२० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको हिमा गाउँपालिका–१ बड्की जुम्लाका स्थानीय शिक्षक खम्बा शाहीले बताए। ‘यसले निश्चित सम्पन्न वर्गलाई मतलब नहोला तर विपन्न र गरीबको पीडालाई सम्बोधन गरेको छु, शिक्षक शाहीले भने, ‘बरु यसको परिमाण बढाएर कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ।’ यो सेवा लिनेका लागि नेपाल खाद्य संस्थान जुम्लाले ६ महिनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पताल जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ।
प्रतिक्रिया