कर्णाली प्रदेशमा नेकपालाई संसदीय दलको नेता छान्न हम्मेहम्मे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कर्णाली प्रदेशमा नेकपालाई संसदीय दलको नेता छान्न हम्मेहम्मे

सारांश

  • काठमाडौं, १७ साउन ।
  • कर्णाली प्रदेशमा नेकपाका शीर्ष नेताबीच मत बाझिएपछि संसदीय दलको नेता छान्न हम्मेहम्मे भएको छ ।
  • पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भए पनि दलको नेता छनोटमा सहमति बन्न सकेको छैन ।

काठमाडौं, १७ साउन । कर्णाली प्रदेशमा नेकपाका शीर्ष नेताबीच मत बाझिएपछि संसदीय दलको नेता छान्न हम्मेहम्मे भएको छ । पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भए पनि दलको नेता छनोटमा सहमति बन्न सकेको छैन ।

दलको नेता को हुने भन्ने विवाद प्रदेशस्तरमा नमिलेपछि केन्द्रमा लबिङ सुरु भएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । संसदीय दलको नेताका लागि पूर्वएमाले नेता यामलाल कँडेल र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच प्रतिस्पर्धा चलेको छ । शाही पूर्वमाओवादी नेता हुन् भने कँडेल पूर्वएमालेका संसदीय दलका नेतासमेत हुन् ।

नेता शाहीलाई मुख्यमन्त्रीमा कायम राखेर आफूलाई दलको नेता बनाउनुपर्ने कँडेलको माग छ । तर, उनलाई दलको नेता बनाउँदा दुईवटा शक्तिकेन्द्र बन्ने भन्दै शाही आफैँले पाउनुपर्ने लबिङमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?