एनएमए बचाउनका लागि मेरो उम्मेद्वारी : जिम्बा जाङबु शेर्पा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
२९ पटक हेरिएको
Shares
एनएमए बचाउनका लागि मेरो उम्मेद्वारी : जिम्बा जाङबु शेर्पा

सारांश

  • यही साउन २१ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को २७ औं साधारण सभाले संघमा नयाँ नेतृत्व चयन गर्नेछ ।
  • निर्वाचन र साधारण सभा मिति नजिकिएसँगै अध्यक्ष लगायतका अन्य पदका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम समेत बढेको छ ।
  • यसअघि पनि अध्यक्षको जिम्मेवारी सम्हालिसकेका जिम्बा जाङबु शेर्पाले पुन अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् ।

यही साउन २१ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को २७ औं साधारण सभाले संघमा नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचन र साधारण सभा मिति नजिकिएसँगै अध्यक्ष लगायतका अन्य पदका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम समेत बढेको छ । यसअघि पनि अध्यक्षको जिम्मेवारी सम्हालिसकेका जिम्बा जाङबु शेर्पाले पुन अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्रमशः सन्तबीर लामा र निमी शेर्पालाई अध्यक्षको उम्मेद्वारको रुपमा अघि सारिसकेको छ । यो अवस्थामा पूर्वअध्यक्ष जिम्वाजाङबु शेपा किन निर्वाचनमा होमिदै छन् ? उनका एजेण्डा के–के हुन् यी र यस्तै विषयमा उहाँसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले पुन एनएमएको अध्यक्षमा उम्मेद्वारी दिँदै हुनुहुन्छ भन्ने हल्ला छ, के यो सत्य हो ?

जे सुन्न भो, त्यो सत्य हो । मैले पहिलेदेखि नै नेपाल पर्वतारोहण संघको अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै आएको छु ।

दोहोर्याएर अध्यक्ष बन्न चाहनुको कारण के हो ?

तपाईंलाई जानकारी होला । नेपाल पर्वतारोहण संघको अस्तित्व जोगाउनको लागि सर्वोच्च अदालतमा विगतमा २ वर्षसम्म मुद्दा–मामिलामा बिताई । पुनः जिल्ला प्रशासन कार्यालयले ‘फेरि निर्वाचन गरि नयाँ कार्यसमिति चयन गर्नु’ भन्ने आदेश दिएपछि नयाँ निर्वाचन भयो । सो निर्वाचनबाट म अध्यक्षमा निर्वाचित भए । यसरी विवादै विवादकाबीच असन्तुलित ढंगबाट निर्वाचित भई आएको हुदाँ मैले सो कार्यकालमा सोचे अनुरुप काम गर्न पाइन् ।

तैपनि सबै असन्तुष्ट पक्षलाई समेट्दै मैले ३० बर्षपछि नेपालमा यूआइएएको साधारणसभा सफलतापूर्वक सम्पन्न गरें । हालका अध्यक्षलाई एसियाबाट नेपाललाई यूआइएएको हनोररी मेम्बर बनाउन सफल भए । यद्यपी त्यो बेलाका अधुँरा कामहरु पुरा गर्ने मेरो धोको छ ।

दोस्रो कुरा अहिले बजारमा अध्यक्षको रुपमा ज–जसको नाम आइरहेको छ । उनीहरुबाट एमएमएको बचाउ होला जस्तो मलाई लाग्दैन । उनीहरु विगतदेखि नै कसरी हुन्छ, एनएमएलाई सिध्याउने भनेर लागेका व्यक्ति र पार्टीबाट सञ्चालित छन् । अबको निर्वाचन भनेको पिक खोस्न चाहने र पिक बचाउने समूहबीचको लडाई हो भन्ने मेरो बुझाई छ । त्यसकारण एनएमए बचाउनका लागि म पुन उम्मेद्वार बनेको हुँ ।

एमाले र माओवादी केन्द्र समर्थित व्यवसायीहरुले उम्मेद्वार सार्वजनिक गरिसक्नु भएको छ । तपाई चाहिँ कस्तो उम्मेद्वार ?

म स्वतन्त्र पर्यटन व्यवसायी हुँ । म ४० वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा क्रियाशिल छु । त्यसकारण मलाई यो पार्टी, उ पार्टी भन्दा पनि विशुद्व व्यवसायी र एनएमए बचाउन अभियानमा लागेकाहरुको साथ रहन्छ । त्यसले गर्दा म उहाँहरुको उम्मेद्वार हो । संघको उद्देश्य र पर्वतारोहणको महत्व वुझ्ने, संघको हकहितको लागि लड्ने विशुद्व पर्वतीय पर्यटन व्यवसायमा लागेका, विवादरहित व्यक्तिलाई संघको अध्यक्षमा निर्वाचित गरिदिनहुन म सबैमा हार्दिक अपिल पनि गर्दछु ।

तपाई कांग्रेस समर्थित व्यवसायीको तर्फबाट उम्मेद्वार बन्दै हुुनुहुन्छ भन्ने चर्चा छ ?

उनीहरुले मलाई अध्यक्षको उम्मेद्वार बनाउँछन् भने त्यो झन राम्रो । एमालेका व्यवसायीहरुलाई पनि मैले जित्ने मान्छेलाई सहयोग गर्नुस् भनेको हो । तर उहाँहरुले मलाई लिनुभएन । फ्याँकिदिनु भो । अब कांग्रेस समर्थित व्यवसायीहरुले पनि आजसम्म मलाई छान्नुभएको छैन् । तर पनि मलाई विश्वास छ । कांग्रेस, एमाले र माओवादी तीनै पार्टीमा आबद्ध व्यवसायी जो एमएमलाई माया गर्छन् । नेपालको पर्वतीय पर्यटनको विकासमा रातदिन लागेका छन् उनीहरुको मलाई सहयोग रहन्छ ।

सहमतिय नेतृत्वका लागि तपाई छोड्न पनि तयार हुनुहुन्छ ?
अँ…….ह , त्यो सम्भव छैन् । सहमति भए मेरै नेतृत्वमा हुनुपर्छ । पर्वतीय पर्यटनलाई कोही व्यक्ति वा समूहलाई प्रयोग गरि पर्वतीय पर्यटनलाई ध्वस्त पारी एकलौटी कब्जा गर्न खोज्ने तत्वहरुलाई परास्त गर्नु अहिलको आवश्यकता हो ।

तपाईं उसो भए पछि नहट्ने ?

कुनै पनि हालतमा पछि हट्दिन् । मैले अघि पनि भने यो पिक खोस्ने र पिक बनाउने बिचको लडाईं हो । अहिलेका उम्मेद्वारहरु एनएमएको पिक खोस्नुपर्छ भन्ने पक्षबाट सञ्चालित हुनुहुन्छ । संघको गरिमा र देशकै नमूना पर्वतारोहण व्यवसायलाई आफु खुसी बनाए, धमिल्याउन खोज्नेहरुलाई बेलैमा खबरदारी गर्नू हामी सबै पर्वतीय पर्यटन व्यवसायीको कर्तव्य हो । अन्तर्राष्ट्रिय जगतमा नेपाल पर्वतारोहण संघको छवि उच्च रहेको छ । त्यो छविलाई जोगाउन मात्रै होइन पर्वतारोहणमा नयाँ आयाम थप्न जरुरत छ । त्यसका लागि मेरो नेतृत्व जरुरी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डल भेट
काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डल भेट
अब पाँच डलरमै कोरोना परीक्षण, एक मिनेट मै रिपोर्ट
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
हत्या भएकाे नौ वर्षपछि अपराधि पक्राउ !
हत्या भएकाे नौ वर्षपछि अपराधि पक्राउ !
ढाडै सेक्ने कर बृद्धिको विरोधमा सत्तारुढ दलकै कार्यकर्ता उत्रिए आन्दोलनमा
ढाडै सेक्ने कर बृद्धिको विरोधमा सत्तारुढ दलकै कार्यकर्ता उत्रिए आन्दोलनमा
मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु
मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु
लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा
लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा
प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र
प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
क्रिप्टोकरेन्सी राष्ट्रबैँकको टाउको दुखाइ किन बन्यो ?
क्रिप्टोकरेन्सी राष्ट्रबैँकको टाउको दुखाइ किन बन्यो ?

तपाईंले छुटाउनुभयो कि?