कर्णाली प्रदेश : एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
३५ पटक हेरिएको
Shares
कर्णाली प्रदेश : एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

सारांश

  • सुर्खेत/भेरीगङ्गा ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ ।
  • विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठकमा भाग लिँदै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा मत दिने बताए ।

सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठकमा भाग लिँदै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा मत दिने बताए ।

एमाले अहिले सत्तापक्षको बेन्चमा छ । उनले भने, “जुन आसनमा हामी छौँ, त्यहीअनुसार हामी पक्षमा मत दिन्छौँ, आफैँले बनाएको सरकारलाई समर्थन नगर्ने कुरै भएन”, उनले भने ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले छलफलमा भाग लिँदै मुख्यमन्त्री शर्मालाई आवश्यक भएको अवस्थामा मात्रै मत दिन सकिने बताए । आजै विश्वासको मत विभाजन हुने भए पनि नेता शाहीले मत दिने वा नदिने प्रष्ट पारेनन् । उनले भने, “अप्ठेरो परेमा विश्वासको मत दिनेबारे सोच्छौँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव गरेका हुन् । अहिले सदन चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री निधिले किन दिए राजीनामा ?
गृहमन्त्री निधिले किन दिए राजीनामा ?
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा
सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा
रास्वपा पार्टी खारेजीको माग गर्दै निवेदन दर्ता
रास्वपा पार्टी खारेजीको माग गर्दै निवेदन दर्ता
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी
कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी
तीन पत्रकारलाई हत्याको धम्की, पत्रकार महासंघद्वारा धम्की दिने समूहलाई कानुनी कारवाहीको माग
तीन पत्रकारलाई हत्याको धम्की, पत्रकार महासंघद्वारा धम्की दिने समूहलाई कानुनी कारवाहीको माग
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी