धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
२८ पटक हेरिएको
Shares
धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु

सारांश

  • हिन्दूधर्मका गुरुहरुले सबै धर्मको सार समानता र भातृभाव रहेको बताउनुभएको छ ।
  • उहाँहरुले सनातनदेखि चल्दै आएको हिन्दूधर्म तथा परम्पराको संरक्षणका लागि सरकार तथा जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।
  • विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आज आयोजना गरेको गौहत्या एवं बागमती गङ्गा आरतीमाथिको हस्तक्षेपका विरुद्धको पत्रकार सम्मेलनमा उहाँहरुले धर्म तथा संस्कृतिले नै नेपालको पहिचान गर्दै आएको बताउँदै हालैका दिनमा हिन्दूधर्माबलम्बीहरुले माताको रुपमा सम्मान गर्दै आएको गाईलाई भीरबाट खसालेर मार्ने प्रवृित्त बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

हिन्दूधर्मका गुरुहरुले सबै धर्मको सार समानता र भातृभाव रहेको बताउनुभएको छ । उहाँहरुले सनातनदेखि चल्दै आएको हिन्दूधर्म तथा परम्पराको संरक्षणका लागि सरकार तथा जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आज आयोजना गरेको गौहत्या एवं बागमती गङ्गा आरतीमाथिको हस्तक्षेपका विरुद्धको पत्रकार सम्मेलनमा उहाँहरुले धर्म तथा संस्कृतिले नै नेपालको पहिचान गर्दै आएको बताउँदै हालैका दिनमा हिन्दूधर्माबलम्बीहरुले माताको रुपमा सम्मान गर्दै आएको गाईलाई भीरबाट खसालेर मार्ने प्रवृित्त बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँहरुले पशुपतिमा आरती हुनु अघि राष्ट्रिय गान बजाउन नहुनेमा पनि जोड दिनुभयो । पूर्वमन्त्री दिनबन्धु अर्यालले नेपालमा हिन्दूधर्मालम्बीले आमाको रुपमा पुज्दै आएको गाईको संरक्षण हुनुपर्ने बताउँदै ती गाई मार्नेलाई हदैसम्मको कारवाही हुनुपर्ने विचार राख्नुभयो ।

भागवत वाचिका अनुराधा शास्त्री, राष्ट्रिय धर्म जागरण अभियानका संरक्षक शङ्करप्रसाद पाण्डे, जगदगुरु आश्रमका प्रवक्ता विक्रमसिंह धामी, विश्व हिन्दू महासङ्घका महासचिव गणेशप्रसाद न्यौपाने, समितिका अध्यक्ष सागर थापा, विश्व हिन्दू पुनःजागरणका अध्यक्ष शरदचन्द्र दाहाल, श्री १००८ स्वामी पदमाधराचार्य महाराजलगायतका वक्ताले हिन्दूधर्मको महत्व तथा देशमा सनातन धर्मको समाजमा प्रभाव तथा गाईको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?