जघन्य अपराध रोक्नका लागि सक्रिय हुन कार्यवाहक प्रधानमन्त्री पोखरेलको निर्देशन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १४ असाेज।
  • बलात्कार तथा हत्या जस्ता अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि सक्रिय भएर लाग्न कार्यवाहक प्रधानमन्त्री एवम रक्षामन्त्री ईश्वर पाेखरेलले निर्देशन दिएका छन् ।
  • निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न अपराधिकाे पत्ता लाग्न नसकेको अवस्थामा कार्यवहाक प्रधानमन्त्री पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कार लगायतका जघन्य अपराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागि पर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन्।

काठमाडौं, १४ असाेज। बलात्कार तथा हत्या जस्ता अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि सक्रिय भएर लाग्न कार्यवाहक प्रधानमन्त्री एवम रक्षामन्त्री ईश्वर पाेखरेलले निर्देशन दिएका छन् ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न अपराधिकाे पत्ता लाग्न नसकेको अवस्थामा कार्यवहाक प्रधानमन्त्री पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कार लगायतका जघन्य अपराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागि पर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन्।

कार्यवहाक प्रधानमन्त्री पोखरेलले बालिका माथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागि परेको दाबी समेत गरे। आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो नेपाल बालिका सम्मेलन’ मा बाेल्दै उनले बालिकामाथि भईरहेको बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकारले सक्दो पहल गरिरहेको दावी गरेका हुन्।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले समाजमा रहेका असमानता अन्त्य गरी बालिका तथा किशोरीमाथि लगानी गरेर उनीहरुमाथि भइरहेको बलात्कार, हत्यालगायतका घटना नियन्त्रण हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?