कर्मचारीको भ्रमण मोह: एक बर्षमै १६७ विदेश पुगे

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
३६ पटक हेरिएको
Shares
कर्मचारीको भ्रमण मोह: एक बर्षमै १६७ विदेश पुगे

सारांश

  • काठमाडौं १४ साउन ।
  • कर्मचारीहरु विभिन्न मेलोमेसो मिलाएर विदेश भ्रमणमा गइरहेका हुन्छन् ।
  • पछिल्लो एक बर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसय भन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ ।

काठमाडौं १४ साउन । कर्मचारीहरु विभिन्न मेलोमेसो मिलाएर विदेश भ्रमणमा गइरहेका हुन्छन् । पछिल्लो एक बर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसय भन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ ।

त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ । सो मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे ।

ति मध्ये चीन जानेको संख्या १ सय ४ छ । मन्त्रालयका अनुसार विदेश भ्रमणका लागि दुई कर्मचारीको भने मनोनयन पत्र आएन ।

मन्त्रालयले सार्वजनिक प्रशासन सम्बन्धी सेमिनार, बेल्ड एण्ड रोड सम्बन्धी सेमिनार, आपतकालिन संचार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिबृद्धिलगायत विषयमा मन्त्रालयअन्तर्गत विभिन्न तहका कर्मचारी चीन पुगेको बताएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?