बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ५, २०७३
|
|
५८४ पटक हेरिएको
Shares
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..

सारांश

  • अमेरिकी नेपाली आइटी इन्जिनियरहरु संगठित  वाशिडटन डिसी ।
  • विदेशबाट पनि नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने सुविधा भएको नयाँ एप सार्वजनिक भएको छ ।
  • अब बिदेशमा बस्ने तपाईका आफ्ना मान्छेहरुले एक नयाँ एपको प्रयोग गरेर तपाइको मोबाइलमा उतैबाट सोझै रिचार्ज पैसा हालिदिन सक्ने छन् ।

अमेरिकी नेपाली आइटी इन्जिनियरहरु संगठित

 वाशिडटन डिसी । विदेशबाट पनि नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने सुविधा भएको नयाँ एप सार्वजनिक भएको छ ।अब बिदेशमा बस्ने तपाईका आफ्ना मान्छेहरुले एक नयाँ एपको प्रयोग गरेर तपाइको मोबाइलमा उतैबाट सोझै रिचार्ज पैसा हालिदिन सक्ने छन् ।

यस्तो एप बनाउने काम अमेरिकाको भर्जिनियामा बस्ने तिन् जना नेपाली विद्यार्थीहरुले मिलेर गरेका हुन । राजीव श्रेष्ठ र गोपाल सापकोटा हाल डिसी क्षेत्रमा रहेको अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी) मा अध्ययन गरिरहेका विद्यार्थी हुन र् अन्य् एक् जना चाहि पुर्ब फुट्बल् खिलाडि  प्रलर्य राजभन्डारी हुन्, जो लामो समय देखि अमेरिकामा बसोबास् गर्दै आएका छ्न्.

उनीहरुले हालै रिलिज गरेको एप कनेक्टटुनेपाल वेव र मोबाइल दुबै बाट प्रयोग गर्न सकिन्छ । कनेक्टटुनेपालको एप एन्ड्रोइडको गुगल प्ले तथा आइओएस्को एप स्टोटबाट सर्च गरेर बिना शुल्क डाउन लोड गर्न सकिन्छ । यो एपको प्रयोगबाट छोटो समय मै लाखौं नेपाली लाभान्वित हुने कुरामा आफूहरु विश्वस्त रहेको कुरा राजीव बताउछन् ।

यो एप चलाउन निकै सजिलो भएको र आइफोन र एन्ड्रोइड दुवैका प्रयोगकर्ताहरुले यो एपबाट भरपूर फाइदा उठाउन सक्ने गरी निकै ठूलो प्राविधिक प्रयासपछि यो बनाउन सफल भएको उनीहरुले जानकारी गराए ।

अमेरिकाको डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन आइटी प्रोफेसनलहरुको नयां संस्था सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जिनियर्स (स्नेयी) को अन्तरक्रिया कार्यक्रममा राजीव र गोपालले यो एपको पहिलो पटक सार्वजनिक गरेका हुन । एकै महिनामा ५ सय रेगुलर प्रयोगकर्ता बनेको र उनीहरुको कारोबारबाट नेपाल सरकारले ३ लाख सम्मको राजश्व पाइसकेको आंकडा पनि उनीहरुले दिए ।

यो एपले एनटिसी, एनसेल तथा युटिएल सवै कम्पनीका मोबाइलमा विदेशबाटै सजिलै पैसा रिचार्ज गर्न सकिन्छ । नेपालमा रहेका आफन्तको मोबाइल नम्बर मात्र भए फोनको रिचार्ज गर्न सकिने छ भने पे पाल मार्फत आफ्नो भीसा, मास्टर कार्ड तथा बैंक कार्डबाट समेत पैसा चार्ज गर्न सकिन्छ । डलर तथा पाउण्डबाट गरिएको चार्जको नेपालीमा यति हुन्छ भनेर देखाउने ब्यबस्था पनि गरिएको छ ।

यी युवाको जोडीले नेपालसंग संसारभरिका नेपालीहरुलाई जोड्ने सिलसिलामा यो पहिलो उपहार ल्याएको र आफूहरु अरु दुई ठूला र विशुद्ध नयाँ आइटी प्रोजेक्ट तयार गर्न तल्लीन रहेको बताएका छन् ।

सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जीनियर्स (स्नेयी)का संयोजक गोपी उप्रेतीले हाल अमेरिकामा सूचना र प्रविधिको क्षेत्रमा काम गर्ने नेपालीहरुको संख्या धेरै नै रहेकोले उनीहरुलाई आफ्नो पेशागत सफलतामा लाग्न र यस पेशाको माध्यमबाट नेपाललाई प्रत्यक्ष सहयोग पुर्याउने उद्धेश्यले संस्था गठन गर्नुको साथै यस्तो अन्तक्र्रिया गरिएको बताए ।

अमेरिकाको राजधानी क्षेत्रमा रहेका करीब दुई सय जना नेपाली अमेरिकनहरुको सहभागिता रहेको यस नयां संस्थाको विधान लगायत थप जानकारी आनन्द पौडेलले गराएका थिए  भने अन्तरक्रियामा मेदिनी अधिकारी, कमल भुसाल, दधी ढुंगाना, नारायण पौडेल, गुणराज लुइटेल लगायतले आफना अनुभव सुनाएका थिए ।

संघले चांडै नै समाजको औपचारिक निर्वाचन गर्ने, संस्थाको पुनर्गठन गर्ने, सूचना प्रविधिको क्षेत्रमा नेपालीहरुलाई प्रवेश गराउन सहयोग गर्ने, आवधिक तालीमहरु संचालन गर्ने र नेपालको सूचना प्रविधिको क्षेत्रमा साझेदारी गरेर काम गर्ने प्रतिबद्धा पनि जनाएको ।

श्रोत: प्रलर्य राजभन्डारी
कनेक्टटुनेपाल, अमेरिका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
ट्याक्सी भाडा बढाउने तयारी
ट्याक्सी भाडा बढाउने तयारी
काभ्रे २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बास्कोटा विजयी भएका छन् ।
काभ्रे २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बास्कोटा विजयी भएका छन् ।
आज भारतको ७० औँ गणतन्त्र दिवस, नेपालबाट शुभकामनाको ओइरो
आज भारतको ७० औँ गणतन्त्र दिवस, नेपालबाट शुभकामनाको ओइरो
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
तनहुँमा कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेभन्दा पछाडि
तनहुँमा कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेभन्दा पछाडि
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
जातीय विभेद हटाउन पुस्ताको लडाइँ
जातीय विभेद हटाउन पुस्ताको लडाइँ