केशोर र बयरको माग बढ्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
केशोर र बयरको माग बढ्दै

सारांश

  • महोत्तरीसहितका किसानलाई केशोर र बयरको माग पूरा गराउन अहिले भ्याइनभ्याइ भएको छ ।
  • वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा ती मीठो फलको माग बढेको हो ।
  • सरस्वतीको पूजामा ती फल देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्पराले रही आएको छ ।

महोत्तरीसहितका किसानलाई केशोर र बयरको माग पूरा गराउन अहिले भ्याइनभ्याइ भएको छ । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा ती मीठो फलको माग बढेको हो ।
सरस्वतीको पूजामा ती फल देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्पराले रही आएको छ । किसान अहिले केशोर खन्न, खनिएको फल धुन र बजार पु¥याउन व्यस्त देखिएका छन् । जिल्लाको बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरक्षेत्रमा व्यावसायिकरूपमा खेती गरिदैँ आइएको छ । बयरखेती गर्ने किसान पनि अहिले बयर टिप्न र बजार पु¥याउन व्यस्त छन् ।
“ बिहीबार नै श्रीपञ्चमी पर्व छ, बुधबार नै माग गरिएका ठाउँमा सामग्री पु¥याइदिनपर्छ”, महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका बयरखेती गरेका किसान दीपनारायण चौधरी थारूले भन्नुभयो, “के गरौँ बाबु, बयर बिक्ने बेला यही हो, पछि यसको खोजी खासै कसैले गर्दैनन् ।” बयरखेती खासै नफस्टाए पनि बिघौँबिघा केशोरखेती गर्ने किसानचाहिँ प्रशस्त छन् । बर्दिवास– ६, ७, ८, ९ , १२ र १३ मा केशोर मुख्य खेतीकै रुपमा गर्ने गरिएको छ । नदीउकास जग्गाको बलौटे माटो भएको खेतबारीमा राम्रो फस्टाउने खेती भङ्गाहा, औरही र गौशाला नगरक्षेत्रमा गरेको देखिन्छ । वसन्तपञ्चमीमा बढी माग हुने गरेकाले अहिले खन्ने चटारो परेको बर्दिवास–७ का किसान पुष्प पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड
मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
दुनाटपरीबाटै आत्मनिर्भर
दुनाटपरीबाटै आत्मनिर्भर
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
जागिरे आमाबाबुका सन्तानमा कसरी पर्छ मनोवैज्ञानिक असर ?
जागिरे आमाबाबुका सन्तानमा कसरी पर्छ मनोवैज्ञानिक असर ?
पुनर्निर्माण प्राधिकरणका सीईओले पदीय दुरुपयोग गरेको भन्दै चार दलको आपत्ती
पुनर्निर्माण प्राधिकरणका सीईओले पदीय दुरुपयोग गरेको भन्दै चार दलको आपत्ती
रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
महिला खोलाडीको आकर्षण बास्केटबल खेलप्रति बढ्दै
महिला खोलाडीको आकर्षण बास्केटबल खेलप्रति बढ्दै

तपाईंले छुटाउनुभयो कि?