फेसबुकमा राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • हरारे।
  •  फेसबुकमा राष्ट्रपति इमर्सन नानगाग्वाँको आलोचना गरेको आरोपमा जिम्बाबेको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
  • मनङग्वाका खरो आलोचकका रुपमा चिनिने मुन्याराड्जी शोकोले राष्ट्रपतिलाई सैतानसँग तुलना गरेपछि पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।

हरारे। फेसबुकमा राष्ट्रपति इमर्सन नानगाग्वाँको आलोचना गरेको आरोपमा जिम्बाबेको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । मनङग्वाका खरो आलोचकका रुपमा चिनिने मुन्याराड्जी शोकोले राष्ट्रपतिलाई सैतानसँग तुलना गरेपछि पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।

ब्बेको मानवअधिकारवादी वकिल कुम्बिराइ माफुन्डाले शोकोलाई पक्राउ गरिएको बुधबार पुष्टि गरेको समाचारमा जनाइएको छ । हरारेमा रहेको केन्द्रीय प्रहरी कार्यालयमा शोकोलाई राखेर अपराधसम्वन्धी मुद्धा चलाउन लागिएको माफुन्डाले एएफपीलाई जानकारी दिए । शान्ति सुरक्षा कायम गर्न र कानूनको कार्यान्वयन गर्नका लागि उहाँको अभिव्यक्ति प्रतिकूल भएकाले पक्राउ गरिएको माफुन्डाको भनाई छ ।

घटनाका बारेमा प्रहरीले भने अहिले सम्म कुनै प्रतिक्रिया नदिएको बताइएको छ । गत जुलाई ३० मा भएको निर्वाचन बेला पनि विपक्षी समर्थक समूहको तर्फबाट भएको प्रदर्शनमा शोकोको हात रहेको बताइएको छ । त्यतिबेला भएको हिंसामा परी कम्तीमा छ जना मारिएका थिए ।

निर्वाचनमा नानगाग्वाँ विजयी भएको घोषणा गरिएपनि नतिजाका बारेमा अहिले पनि अदालतमा मद्दा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?