नवनिर्वाचित सभापतिबाट शपथ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नवनिर्वाचित सभापतिबाट शपथ

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
  • शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिंडारी हुनुहुन्छ ।

काठमाडौँ, १३ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिंडारी हुनुहुन्छ ।

सभापतित्रयको प्रतिबद्धता

निर्वाचनपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति बिंडारीले समितिले मुलुकभरका ऐन, कानून, नियम, नियमावलीको अध्ययन गर्ने र विज्ञको परामर्शमा कार्यान्वयन गर्ने र अभिलेख राख्ने कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।

उहाँले भन्नुभयो, “समितिबाट भएको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग परामर्श गर्ने, राय लिने अनि मात्र निर्देशन दिइने छ । विसं २०१६ वैशाखमा मकवानपुरमा जन्मनुभएका सभापति बिंडारीसँग संविधानसभाको मस्यौदा कार्यदलको सदस्य बनेर काम गरेको अनुभव छ ।

थाहा दर्शन अभियानका अनुयायी वरिष्ठ अधिवक्तासमेत रहनुभएका सभापति बिंडारी हाल नेकपासँग आवद्ध हुनुहुन्छ ।विधायन व्यवस्थापन समितिका सभापति गुरुङले समितिमा आएका विधेयकको विषयमा अध्ययन गर्ने, नेपालमा हालसम्म कति ऐन बनेका छन् सङ्ख्या पहिचान गरी कार्यान्यनको मापन गर्ने र नयाँ ऐनकोबारे सङ्गो सदनलाई सहभागी गरेर अनुसन्धानलाई अघि बढाउने जानकारी दिनुभयो ।

सन् २०१४ मा सङ्खुवासभामा जन्मनुभएका सभापति मेघी गुरुङले २०३३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । २०४८ र २०५६ सालमा प्रतिनिधिसभाको सदस्य हुनुभएका सभापति गुरुङसंग नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा उक्त पार्टीका तर्फबाट २०५६ सालमा संसदीय दलको सचेतकको जिम्मेवारी सम्हालेको अनुभव छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति थापाले जनताको हित एवं मुलुकको विकास र समृद्धिका लागि सरोकारवाला पक्षसँग गहन छलफल गरेर समितिको कामलाई प्रभावकारी तुल्याउने दृढता व्यक्त गर्नुभयो ।विसं २०३५ मा चितवनमा जन्मनुभएकी सभापति थापाले २०४८ सालबाट नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुमा संलग्न भई राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

वडातहदेखि जिल्ला तहसम्म विभिन्न तहमा निर्वाचित हँुदै नेकपा ९एमाले०को चितवन जिल्ला कमिटीको सचिव भएर काम गरेको उहाँसँग अनुभव छ । यसअघि नवनिर्वाचित सभापति त्रयलाई सम्बन्धित समितिमा बधाई ज्ञापन गर्दै सफल कार्यकालाको लागि शुभकामना व्यक्त गरिएको थियो ।राष्ट्रियसभा मातहतका चारमध्ये दिगो विकास तथा सुशासन समितिको सभापतिमा कसैको उम्मेदवारी नपरेका कारण राजनीतिक सहमतिका आधारमा छिट्टै निर्वाचन कार्यक्रम प्रकाशित हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रण
नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रण
कात्तिक २८ गते बिहिबारको राशिफल यस्तो छ
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर
खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
धुलिखेलमा बस पल्टिँदा २८ जना घाइते
आज १५४ औं मोती जयन्ती
आज १५४ औं मोती जयन्ती
बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)
बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)
गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा
गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा