सागः नेपालले जित्यो ७ स्वर्ण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
४८ पटक हेरिएको
Shares
सागः नेपालले जित्यो ७ स्वर्ण

सारांश

  • काठमाडौं।
  • १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ७ स्वर्ण, १ रजत र १ कास्य पदक जितिसकेको छ ।
  • करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई व्यक्तिगत पुरुष काता प्रदर्शनमा पहिलो स्वर्ण पदक दिलाएका छन् ।

काठमाडौं। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ७ स्वर्ण, १ रजत र १ कास्य पदक जितिसकेको छ । करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई व्यक्तिगत पुरुष काता प्रदर्शनमा पहिलो स्वर्ण पदक दिलाएका छन् । महिला टिम कातामा निर्मला तामाङ, संगीता मगर र सरु कार्कीको समूहले पनि स्वर्ण पदक जितेको छ।

करातेको पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ। मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर रहेको समूहले स्वर्ण जितेको हो। तेक्वान्दोको व्यक्तिगत पुरुष काता प्रदर्शनमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन्। यस्तै ट्रयाथलोनमा पनि नेपालले स्वर्ण जितेको छ। नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी हुन् । यस्तै, तेक्वान्दो खेलमा सिना लिम्बू मादेनले स्वर्ण दिलाएकी छिन्। यस्तै लक्ष्मण तामाङले ५५ केजी समूह कराते किक बक्सिङमा स्वर्ण जितेका छन् ।

नेपालकी चञ्चला दनुवारले महिला एकल कातामा रजत पदक जित्न सफल भइन्। चञ्चलाले फाइनलमा पाकिस्तानकी सइदासँग पराजित भइन्। यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेकी थिइन्। त्यस्तै, पुरुष ट्रायथलोनको पुरुषतर्फ भने नेपालका बसन्त थारुले कास्य पदक जितेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सचिवालय र कार्यदलको संयुक्त बैठक निष्कर्षहीन
नेकपा सचिवालय र कार्यदलको संयुक्त बैठक निष्कर्षहीन
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो चेल्सी
क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो चेल्सी
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
देवताका पुजारी खड्काले छाउगोठ भत्कायो
Aayush Sharma and Warina Hussain starrer ‘Loveratri’ teaser out!
Aayush Sharma and Warina Hussain starrer ‘Loveratri’ teaser out!
पुस ४ गते शनिवारको राशिफल यस्तो छ
पुस ४ गते शनिवारको राशिफल यस्तो छ
सगरमाथा अञ्चल अस्पताल लथालिंग
सगरमाथा अञ्चल अस्पताल लथालिंग
राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक
राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह