कविशिरोमणि पौड्यालले पनि स्वर्गद्वारीमा बसी कविता रचना गरेका थिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २२, २०७३
|
|
२४० पटक हेरिएको
Shares
कविशिरोमणि पौड्यालले पनि स्वर्गद्वारीमा बसी कविता रचना गरेका थिए

सारांश

  • आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको भिड लाग्ने गरेको छ ।
  • खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी÷नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् ।
  • स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको छ ।

आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको भिड लाग्ने गरेको छ ।

खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी÷नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् ।
स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको छ । नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको निकै घुइँचो लाग्छ । यहाँ पाण्डवहरु स्वर्ग जानुअघि आएको विश्वास गरिन्छ । कविशिरोमणि लेखनाथ पौड्यालले पनि यहाँ बसी कविता रचना गरेका थिए ।

मन्दिरका सहायक कोठारी प्रेम न्यौपानेले भने, “नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको धेरै भिड लाग्छ, नेपालीहरु दैनिक धेरै भए एक हजारदेखि १५ सयसम्म हुन्छ तर भारतीय भक्तजन दैनिक १० हजारदेखि १२ हजारसम्म आउँछन् ।”

भारतीय भक्तजन आउने समयमा त्यहाँ अत्यन्तै थाम्नै नसक्ने गरी पूरै मेला लाग्ने गरेको छ । “बालबच्चा नभएकालाई बालबच्चा, उपयुक्त वरबधु, सम्पत्ति र आफूले चाहेको इच्छा पूरा हुने विश्वासका साथ नेपाली र भारतीय भक्तजन आउने गरेका छन्”,उहाँले थपे । भारतीय भक्तजन प्रत्येकले एक माना चामल, ११ रुपैया र नरिवल लिएर दर्शन गर्न आउँछन् ।
स्वर्गद्वारीमा वैशाख शुक्ल पूर्णिमा (स्वर्गद्वारीको स्थापना दिन÷बुद्धजयन्ती), दसँैको कोजागत पूर्णिमा, शिवरात्रि, स्वर्गद्वारी प्रभुको जन्मदिन (पुत्रदा एकादशी), मार्गशुक्ल चौथी र लक्ष्मीपूजाको दिन भक्तजनको बढी भिड र विशेष मेला लाग्ने गर्छ ।

स्वर्गद्वारी, महाप्रभुले विसं १९५२ वैशाख शुक्ल पूर्णिमा दिनदेखि ठूलो हवन कुण्ड आश्रय लिएको स्थान हो । स्वर्गद्वारीमा खासगरी यज्ञशाला, पाठशाला र गौशाला छन् । यहाँ यज्ञशालामा २४ पुजारी, गौशालामा चार सय गाई र पाठशालामा सय विद्यार्थी छन् ।

यी सबैको सम्पूर्ण खर्च मन्दिरले व्यवस्थापन गर्नुपर्ने हुन्छ । स्वर्गद्वारी महाप्रभुको पालादेखि नै गाई पाल्ने गरेको र त्यही गाईका सन्तति नै अहिलेका गाई हुन् । खासगरी यज्ञले पूर्णता पाउनका लागि गाई पालिएको हो । यज्ञमा अघ्र्य र पञ्चामृतका लागि गाईको आवश्यकता पर्छ ।

दुई हजार १ सय २१ मिटरको उचाइमा रहेको मन्दिरको आयस्रोतका रुपमा दाङ देउखुरीमा एक हजार ५० बिघा जग्गा छ तर स्थानीयवासीको अतिक्रमणका कारण प्रभावित भएको छ । “भक्तजनको भेटी र मन्दिरको जग्गा नै मन्दिरको आयस्रोत हो, सरकारले अतिक्रमण भएको जग्गाको संरक्षण गर्ने संयन्त्र बनाइदिए राम्रो हुने थियो”मन्दिरका सहायक कोठारी न्यौपानेले सरकारसँग आग्रह गरे ।

मन्दिरमा मुख्य पुजारी युवराज पोखरेलसहित २४ जना ब्राह्मणले पूजा गर्ने गर्छन । मन्दिरको व्यवस्थापन गर्नका लागि कर्मचारी एक सय ४१ जना छन् । गाईलाई घाँस काट्ने आदि काम हुन्छ । मन्दिरमा हरेक दिन वैदिक अखण्ड महायज्ञ हुने गर्छ ।

मन्दिरमा भक्तजनको सहजताका लागि केवलकार लैजाने पनि लक्ष्य छ । तर पक्की सडक पहिला निर्माण गर्नुपर्नेमा मन्दिर व्यवस्थापनको चासो छ । मन्दिरको वार्षिक आम्दानी दुई करोड २५ हजार छ भने खर्च वार्षिक दुई करोड ९६ लाख छ । मन्दिर मुस्किले चलिरहेको अवस्थामा मन्दिरको जग्गा सदुपयोग भएमा राम्ररी चल्ने विश्वास मन्दिर व्यवस्थापनको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
छाेरा नपाएकाे निँहुमा अाफ्नै लिंग काट्ने यी व्यक्ति !
छाेरा नपाएकाे निँहुमा अाफ्नै लिंग काट्ने यी व्यक्ति !
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
सोमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरि किन सर्यो ?
सोमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरि किन सर्यो ?
१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिईन्
१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिईन्
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह
नेपालको शंविधानप्रति भारतको असन्तुष्टि अझै कायमै;
नेपालको शंविधानप्रति भारतको असन्तुष्टि अझै कायमै;
साेमबारको मौसमः तराईमा बाक्लाे हुस्सु लाग्ने सम्भावना
साेमबारको मौसमः तराईमा बाक्लाे हुस्सु लाग्ने सम्भावना
पहिरोले घर बगाउँदा तीन बेपत्ता
पहिरोले घर बगाउँदा तीन बेपत्ता

तपाईंले छुटाउनुभयो कि?