संसदमा अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको चुनावै चुनाव
सारांश
- काठमाडौं, २५ फागुन – चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ।
- यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ।
- आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं, २५ फागुन – चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ। यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार प्रतिनिधिसभा सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। शनिबार सभामुखका लागि मतदान हुनेछ। प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ। वाम गठबन्धनको बहुमत रहेकाले गठबन्धनको उम्मेदवार नै सभामुख बन्ने निश्चित छ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संविधानको धारा ९१ मा व्यवस्था छ। उक्त व्यवस्थाअनुसार नै फरक लिंग र दल मिलाउन उपसभामुखको निर्वाचन केही दिनपछि तोकिएको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी ओलीले फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विगतमा संसद्बाट मात्र प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था रहे पनि नयाँ संविधानले राष्ट्रपतिबाट नियुक्तिको व्यवस्था गरेको छ। प्रतिनिधिसभामा वाम गठबन्धनको झन्डै दुई तिहाइ मत रहेको र मधेसकेन्द्रित दलले पनि सघाउने तयारी भइरहेकाले प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमत पाउने अनुमान गरिएको छ।
गुन २९ गते राष्ट्रपति निर्वाचन हुँदै छ। संसद्मा चुनाव नभए पनि संघीय संसद् र प्रदेश संसद्का सांसद राष्ट्रपति निर्वाचनका मतदाता हुन्। राष्ट्रपतिका लागि विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राईले बुधबार उम्मेदवारी दिएका छन्। राष्ट्रपति निर्वाचनका लागि प्रदेशका सांसद काठमाडौं आउने क्रम सुरु भइसकेको छ।
चुनावी कार्यतालिका :
फागुन २५ सभामुख उम्मेदवारी
फागुन २६ सभामुख निर्वाचन
फागुन २७ प्रधानमन्त्रीले विश्वासको मत लिने
फागुन २८ राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी
फागुन २९ राष्ट्रपतिको निर्वाचन
फागुन ३० राष्ट्रियसभा अध्यक्षको निर्वाचन
फागुन चैत १ उपसभामुख उम्मेदवारी
फागुन २ उपसभामुख निर्वाचन
फागुन ३ राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी
फागुन ४ उपाध्यक्षको निर्वाचन
प्रतिक्रिया