प्रधानमन्त्री ओलीले आज शपथ लिँदै
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज बिहान लिँदैछन्।
- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज बिहान लिँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई आज बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ। शपथ समारोहमा उपस्थित हुन संघीय संसद्का सम्पूर्ण सदस्यलाई राष्ट्रपति कार्यालयले निमन्त्रणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेपछि शपथ समारोह तय भएको हो। गत शुक्रबार असार २८ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा सदनबाट विश्वास गुमाएपछि नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता ओली प्रधानमन्त्री बनेका हुन्।
Best IP TV Services
I have read some excellent stuff here Definitely value bookmarking for revisiting I wonder how much effort you put to make the sort of excellent informative website