सलमान खानको मुद्दामा आज फैसला हुँदै, के सलमान फेरि जेल जालान् ?
सारांश
- एजेन्सी, २२ चैत ।
- भारतका चर्चित नायक सलमान खानमाथि चलिरहेको कालो हिरण शिकारको मुद्दामा आज जोधपुर ग्रामीण जिल्ला अदालतले अन्तिम फैसला सुनाउँदै छ ।
- यो मुद्दामा सलमान दोषी ठहरिएमा उनलाई जेलसमेत जानुपर्नेछ ।
एजेन्सी, २२ चैत । भारतका चर्चित नायक सलमान खानमाथि चलिरहेको कालो हिरण शिकारको मुद्दामा आज जोधपुर ग्रामीण जिल्ला अदालतले अन्तिम फैसला सुनाउँदै छ । यो मुद्दामा सलमान दोषी ठहरिएमा उनलाई जेलसमेत जानुपर्नेछ ।
अदालतको फैसलाकै सन्दर्भमा सलमान खानसहित सोनाली बेन्द्रे, निलम, तब्बु र सैफ अलि खान पनि जोधपुर पुगिसकेका छन् । सलमानका बहिनीहरु अर्पिता र अलविरा पनि त्यहाँ पुगेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
१८ वर्ष पुरानो बहुचर्चित कालो हिरण शिकार काण्डको विषयमा जोदपुर ग्रामीण जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । सुरज बडजात्याको चलचित्र “हम साथ साथै है”को सुटिङ गर्ने सिलसिलामा सन् २ अक्टोबर १९९८ मा जोधपुरकै कांकाणी गाउँमा २ काला हरिणको शिकार गरेको आरोप उनीहरुमाथि छ । सलमान, सैफ अली खान, तब्बु, नीलम, सोनाली बेंद्रे र जोधपुरकै दुष्यन्त सिंहलाई पनि उक्त घटनाको आरोप लागेको छ । सलमान खानलाई हरिणमाथि गोली हान्ने र अरुलाई सलमानलाई उक्साउने आरोप लागेको छ ।
चलचित्र छायाङ्कनका क्रममा एक दिन सलमान शिकार खेल्न निस्केका थिए । जुन हतियारले उनले कालो हिरण मारे, त्यसको लाइसेन्सको म्याद सकिइसकेको थियो । त्यही कारण १५ अक्टोबर १९९८ मा वन विभाग जोधपुरमा उनीमाथि चार मुद्दा दायर गरिएको थियो । सलमान दोषी ठहरिएमा उनलाई ६ वर्षको जेल सजाय हुनसक्ने छ । सलमानमाथि अहिलेसम्म ४ मुद्दा दायर भएका छन् । ३ मुद्दामा उनले सफाई पाइसकेका छन् । यो मुद्दा उनीमाथि लागेको अन्तिम हो । जोधपुर जिल्ला अदालतले दोषी ठहर गरे तापनि पुनरावेदन गर्ने बाटो सलमानसँग अझै छ ।
कालो हिरणको शिकार गरेको विषयमा सलमानलाई १२ अक्टोबर १९९८ मा पक्राउ गरिएको थियो । पाँच दिन जेलमा बसेपछि १७ अक्टोबर १९९८ मा जमानतमा जेलबाट रिहा गरिएको थियो । यसअघि घोडा फार्महाउस शिकारको विषयमा १० देखि १५ अप्रिल २००६ सम्म पाँच दिन जेलमा बस्नु परेको थियो ।
प्रतिक्रिया