कलेजकाे लापर्वाहिका कारण विद्यार्थीकाे भविष्य अन्याेलमा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
४६ पटक हेरिएको
Shares
कलेजकाे लापर्वाहिका कारण विद्यार्थीकाे भविष्य अन्याेलमा !

सारांश

  • इलाम, १२ असोज ।
  • क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
  • गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत बागबानी सङ्कायमा हाल बढाएर क्याम्पसले ५० जनाको बनाएपछि समस्या आएको हो ।

इलाम, १२ असोज । क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत बागबानी सङ्कायमा हाल बढाएर क्याम्पसले ५० जनाको बनाएपछि समस्या आएको हो । आफूसँग दक्षजनशक्ति र भौतिक संरचनासमेत भएको भन्दै क्याम्पसले विद्यार्थी कोटा बढाएको थियो । तर, क्याम्पसले सम्बन्धन लिएको बताइरहे पनि सम्बन्धित कार्यालयले भने ३० जना विद्यार्थी मात्र दर्ता भएको जनाएपछि अन्य विद्यार्थीको भविष्य अन्योल भएको छ ।

आफूलाई क्याम्पसले ५० जनाकै कोटा रहेको भन्दै भर्ना गराएको र पछि डिन कार्यालयबाट ३० जनाको मात्र नाम आएको बागबानी सङ्काय प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी महिमा गौतमले बताउनुभयो । “शुरुमा हामी पढ्ने समयमा क्याम्पसले कोटा बढेको भन्दै भर्ना गराएको थियो । तर पछि डिन कार्यालयको रेकर्डमा ३० जनाको मात्र नाम रहेछ ।” उहाँले थप्नुभयो,“हामी त अब पढ्ने कि छाड्ने भन्नेमा छौँ । एक वर्ष त त्यसै जाने भयो ।” बागबानी सङ्काय कृषिभित्र पर्ने विषय भए पनि सीमित कोटामा मात्र लोकसेवा भिड्नुपर्ने बाध्यता रहेको र ‘मास्टर’ पढ्नसमेत अन्य विश्वविद्यालयमा नपाइने गरेको अर्का विद्यार्थी मनिस लिम्बू बताउनुहुन्छ ।

‘कृषि भित्रकै अरु विषय पढ्नेले सात विषयमा लोकसेवा पढ्न पाउँछन् तर हाम्रो भने तीनवटा मात्र पाइन्छ । हामीबीच किन्न भिन्नता ?’ लिम्बूले भन्नुभयो,“हामीले पटक–पटक यी विषयमा क्याम्पसलाई ध्यानाकर्षण गरायौं तर समाधान निस्केन ।” विद्यार्थीले यी विषयमा क्याम्पस प्रशासन र डिन कार्यालयले समयमै समाधान नखोजे आन्दोलनमा जाने समेत चेतावनी दिएका छन् । “हाम्रो त भविष्य नै अन्योलमा छ । सम्बन्धित पक्षले यसै विषयमा समाधान नखोजे हामी आन्दोलनमा जानुको विकल्प रहदैन ।” विद्यार्थी मनिष लिम्बूले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रले चुनावभर मधेसमा पार्टी ‘हेडक्वार्टर’ नै  राख्ने………..
माओवादी केन्द्रले चुनावभर मधेसमा पार्टी ‘हेडक्वार्टर’ नै राख्ने………..
आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…
आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…
नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन् : सिंह
नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन् : सिंह
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने प्रचण्डको चेतावनी !
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
विगतका घाउका टाटाहरुलाई भारतले मलम पट्टी लगाउने काम गरेको छ : पण्डित
विगतका घाउका टाटाहरुलाई भारतले मलम पट्टी लगाउने काम गरेको छ : पण्डित
बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान
बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
रवि लामिछानेको कार्यक्रमले २०० भाग पूरा गर्दै
रवि लामिछानेको कार्यक्रमले २०० भाग पूरा गर्दै