काँग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
काँग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

सारांश

  • काठमाडौं ।
  • काँग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ।
  • बैठक शुरु हुँदा साथ काँग्रेस सांसदहरुले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गाणेश तिमिल्सेनाले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

काठमाडौं । काँग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ। बैठक शुरु हुँदा साथ काँग्रेस सांसदहरुले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गाणेश तिमिल्सेनाले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

पूर्व प्रधानमन्त्रीहरु गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित दुई वटा अस्पताललाई सरकारले खारेज गर्न लागेपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद अवरुद्ध गरेको हो । तनहुँमा गिरिजा प्रसाद स्वासप्रस्वास अस्पताल र बाँकेको खजुरामा सुशील कोइाराला क्यान्सर अस्पताल स्थापना गरिएको छ । सरकारले ती दबै अस्पताललाई खारेज गर्न लागेको भन्दै काँग्रेसले सरकारको विरोध गरेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन संञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेको हो। राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराउना साथै कांग्रेसका सांसदहरुले ढ्यापढ्याप गरे सदनको ध्यानाकर्षण गराएका थिए।

नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईँले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ति जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने बताइन्। उनले भनिन्, ‘यो सरकारले खोजेको के हो? प्रतिपक्ष सडकमा जाओस् , निहुँ खोजोस् भन्ने चाहेको हो भने?’

अध्यक्षको अनुमतिमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले दुई अस्पतालको बारेमा खाजेर हुने वा नहुने भन्ने कुनै पनि निर्णय नभएको जानकारी गराएपछि पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे।

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्रप्रसाद पाण्डे पाण्डेले भने, ‘स्वास्थ्य मन्त्रालयले ११ वटा पठाएको थियो। ९ वटाको भयो २ वटाको बारेमा किन निर्णय भएन? अब दुई वटा अस्पताल कहाँ रहन्छन्? संघीय सरकार मातहत रहनुपर्छ भनी निर्णय गर्नुपर्छ भन्ने हाम्रो माग हो। प्रष्ट निर्णय नभएसम्म सदनको कारवाही अघि नबढाइयोस्।’

अध्यक्षले आसन ग्रहणका लागि पटक पटकको आग्रह पछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाईरहेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ।

बैठक स्थगित गरे अध्यक्ष तिमिल्सेनाले काँग्रेस सांसदहरुसँग बैठक चलाउनेबारे छलफल शुरु गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
माघ ७ गते बुधवारको राशिफल यस्तो छ
माघ ७ गते बुधवारको राशिफल यस्तो छ
भारतीय वरिष्ठ सिने निर्देशक कुन्दन शाहको मृत्यु
भारतीय वरिष्ठ सिने निर्देशक कुन्दन शाहको मृत्यु
ओलीको स्वागतमा बालुवाटारमा चहलपहल
ओलीको स्वागतमा बालुवाटारमा चहलपहल
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
सभामुख महराले लिए पद तथा गोपनीयताको शपथ
सभामुख महराले लिए पद तथा गोपनीयताको शपथ
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री
सदरमुकाममै कच्ची सडक
सदरमुकाममै कच्ची सडक

तपाईंले छुटाउनुभयो कि?