काँग्रेसमा भिडन्त, मतदान हुँदै !

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २१, २०७४
|
|
४४ पटक हेरिएको
Shares
काँग्रेसमा भिडन्त, मतदान हुँदै !

सारांश

  • काठमाडौँ ।
  • नेपाली काँग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि अहिले केही बेरमा दलको नेता चयनका लागि मतदान हुँदैछ ।
  • काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि अहिले केही बेरमा दलको नेता चयनका लागि मतदान हुँदैछ ।

काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका थिए ।

त्यस्तै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गरेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

सभापति देउवाले पार्टीको संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी दिएको बताइएको छ ।

निर्वाचनमा विजयी हुने दुवै पक्षका आ–आफ्नै तर्क छन् । सभापति देउवा पक्षले आफ्ना बहुमत सांसद भएकाले सहजै विजयी हासिल गर्ने दाबी गरेको छ भने नेता सिंहले निर्वाचनपछि पार्टीमा नयाँ नेतृत्वको खाँचो देखिएकाले बहुमत सांसदले आफूलाई मतदान गर्ने तर्क गरेका छन् ।

संसदीय दलको नेताको उम्मेदवारका लागि साँझ ६ देखि साँझ ७ः३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।

निर्वाचन तालिकाअनुसार सोमबार बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिए ।

सोमबार बिहान १० देखि दिउँसो १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान हुँदैछ ।

मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने उनले जानकारी दिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
पायल्सबाट २४ घण्टामा छुटकारा पाउने घरेलु उपचार विधि
पायल्सबाट २४ घण्टामा छुटकारा पाउने घरेलु उपचार विधि
आजको राशिफल
आजको राशिफल
लोकसेवाको परिक्षा दिने आठ जना खेताला परीक्षार्थी पक्राउ
लोकसेवाको परिक्षा दिने आठ जना खेताला परीक्षार्थी पक्राउ
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि काठमाडौँ महानगरपालिका छनोट
‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि काठमाडौँ महानगरपालिका छनोट
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ
स्थानीय तह उपनिर्वाचनः माधव र रविलाई उम्मेदवार पाउनै मुस्किल
स्थानीय तह उपनिर्वाचनः माधव र रविलाई उम्मेदवार पाउनै मुस्किल
ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा
ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्