काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
७२२८ पटक हेरिएको
Shares
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !

सारांश

  • भरतपुर,चार वटा महानगरपालिकामा मतगणना जारी भए पनि यतिबेला सबैको ध्यान भरतपुर महानगरपालिकाले खिचेको छ ।
  • खासगरि, मेयरको उम्मेदवार बनेकी प्रधानमन्त्री पुत्री रेणु दाहाललाई जिताउन काँग्रेस र माओवादीबीच गठबन्धन बनेदेखि नै यहाँ धेरैले चासोको रुपमा हेरेका छन् ।
  • माओवादी र काँग्रेसले गठबन्धन बनाए भने नेकपा एमाले, राप्रपा लगायतका अन्य दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् ।

भरतपुर,चार वटा महानगरपालिकामा मतगणना जारी भए पनि यतिबेला सबैको ध्यान भरतपुर महानगरपालिकाले खिचेको छ । खासगरि, मेयरको उम्मेदवार बनेकी प्रधानमन्त्री पुत्री रेणु दाहाललाई जिताउन काँग्रेस र माओवादीबीच गठबन्धन बनेदेखि नै यहाँ धेरैले चासोको रुपमा हेरेका छन् । माओवादी र काँग्रेसले गठबन्धन बनाए भने नेकपा एमाले, राप्रपा लगायतका अन्य दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् ।

काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि छन् । वडा नम्बर दुईको मत गन्दासम्म देवी ज्ञवालीले ३८७० मत पाएका छन् । माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहाल १४ सय मतले पछाडि छिन् । उनले २४६१ मत पाएकी छन् ।

उपमेयरमा पनि एमालेको अग्रता कायमै छ । उपमेयरमा एमालेकी दीब्या शर्माले ३३१३ र कांग्रेसकी पार्वती शाहले २९७१ मत पाएकी छन् ।

एमालेले भर्खरै दुई नम्बर वडाको वडाअध्यक्ष जितेको छ । वडा नम्बर दुईका एमालेका अध्यक्षका उम्मेदवार पूर्णबहादुर श्रेष्ठ ५७२ मत बढी ल्याएर विजयी भए । उनले १९२६ मत ल्याए भने काँग्रेसका उम्मेदवारले १३५४ मत पाए । विजयी सुरुवात गरेपछि एमालेले भरतपुरमा विजय जुलुस निकालेको छ । जुलुसमा नेकपा एमालेका नेताहरु पनि सहभागी भए ।

यसअघि वडा नम्बर एकमा काँग्रेसका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनका कारण आफ्नो भोट पाएर काँग्रेसले वडा अध्यक्ष जिते पनि मेयरको उम्मेदवारलाई भने अन्तरघात गरेको माओवादी केन्द्रको आरोप छ । काँग्रेस कार्यकर्ताले जुलुस निकाले पनि गठबन्धनमै रहेको माओवादी जुलुसमा सहभागी भएन ।

काँग्रेसले अन्तरघात गरेका कारण रेणु १४ सय भन्दा बढी भोटले पछाडि परेको भन्दै माओवादी र काँग्रेसबीच भरतपुरमा खटपट सुरु भएको छ ।

शिखर न्युज का लागि  अनुप अधिकारी, हेटौडा बाट  !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
पुरानै उम्मेदवार, पुरानै आश्वासन
पुरानै उम्मेदवार, पुरानै आश्वासन
यसरी झपारे प्रधानमन्त्री ओलीले  मुख्यसचिव रेग्मीलाई
यसरी झपारे प्रधानमन्त्री ओलीले मुख्यसचिव रेग्मीलाई
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
जब दुलहीले दुलाहाको शिरमा गोलीमा हानिन्
जब दुलहीले दुलाहाको शिरमा गोलीमा हानिन्
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा
क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड